Logo

नेपाली कलाकारहरुद्वारा कोरियाको राजधानी सौलमा धमका


कलाखबर संवाददाता,२१,माघ,नेपालका ख्याति प्राप्त तथा चर्चित कलाकारहरुले दक्षिण कोरियाको राजधानी सौलमा धमका मच्याएका छन् । उदउपुर सेवा समाजद्वारा आयोजित म्युजिकल कन्सर्टमा नेपाली कलाकारहरुले धमका मच्याएका हुन् । शनिबार नेपालबाट कोरिया पुग्नु भएका नेपाली कलाकारहरुले लगातार दुई हप्ता सम्म कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रममा प्रस्तुति देखाउन नेपालबाट चर्चित कलाकारहरु क्रमंश ः गायक शिव परियार, गायिका मिलन नेवार, गायक निसान भट्टराई, गायिका श्रेया राई, गायिका विनिता राई, गायक सोनाम शेर्पा, गायक जेवि नेम्वाङ लगायत स्थानिय कलाकारहरु गएका हुन् । कार्यक्रम सञ्चालकको रुपमा मोडल सीता राई र आशिष ठकुरी गएका हुन् ।

दुर्गम क्षेत्रका गरिव बालबालिका तथा बृद्धहरुलाई सहयोग गर्ने उद्देश्य स्वरुप यो कार्यक्रम गरिएको आयोजिक समितिले जनाएको छ । कार्यक्रममा निकै रमाईलो माहोवल छाईरहेको तथा उल्लेख्य नेपालीहरुको सहभागीताले कार्यक्रम निकै सफल भई रहेको चर्चित गायीका बिनिता राईले कलाखबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्