Logo

देशका अधिकांश भूभागमा आज हल्लादेखि मध्यम बर्षा


फागुन,२०–काठमाडौँ । आज देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम हुने भएको छ । हाल नेपालमा पश्चिमी बायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम र बागमती प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज बिहानैदेखि काठमाडौँ उपत्यकाका केही स्थानहरूमा छिटपुट रुपमा पानी परीरहेको छ ।

आज दिनभरी नै देशभर साधरणतया बदली रहने मौसम विभागले जनाएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेश सहित कोशी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागको थोरै स्थानहरूमा छिटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ ।

कोशी, मधेस, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको साथै बाँकी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । सोमबार र मंगलबार पनि देशका पहाडी भूभागका एक–दुई स्थानमा छिटफुट देखि हल्का वर्षाको हुने महाशाखाले जनाएको छ ।

उक्त दिन पनि उच्च पहाडी तथा हिमाली भूभागका हल्का हिमपातको सम्भावना कायमै छ । यो हप्ताको अन्तिम दिनदेखि मात्र मौसममा केहि सुधार हुँदै जाने र गर्मी पनि बढ्ने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्