Logo

एकता शिशु निकेतनको होस्टेलमा झुण्डिएको अवस्थामा एक बालिका फेला


फागुन १९–काठमाण्डौं । चितवन जिल्ला रत्ननगर नगरपालिकाको एकता शिशु निकेतनको होस्टेलमा १४ बर्षीया बालिका घाँटीमा पासो थापेर झुण्डिएको अवस्थामा फेला पारिएको छ । एकता शिशु निकेतनको होस्टेलमा फागुन १२ गते कक्षा ८ मा पढ्ने १४ वर्षीया शालिन पोखरेल प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा मृत भेटिएको हो । । उक्त घटना अनुसन्धानका लागि नेपाल प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रत्ननगर नगरपालिका–१० बस्ने ६० वर्षीय बालहरी देवकोटा, ४८ वर्षका कमल शर्मा पौडेल र ४० वर्षीय किरण बहादुर अधिकारी छन् । उनीहरुविरुद्ध ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ । होस्टल र बिद्यालय प्रशासनले आत्महत्या गरेको भने पनि मृतकको परिवारले भने बलत्कार गरेर हत्या गरेको दावी गरेका छन् । अनुसन्धान अधिकृतहरुले शालिन पोखरेलले छाडेको सुसाइड नोट पनि फेला पारेका छन् ।

उक्त सुसाइड नोटमा ,‘सरी एभ्रिबडी, सरी ममि ड्याड भनेर लेखिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताएका छन् । अहिले प्रहरीले सुसाइड नोटको फरेन्सिक जाँच गरिरहेको छ । गोरखा जिल्लाको अजिरकोट गाउँपालिका–५ मुच्चोक घर भएकी शालिन पछिल्लो समय चितवनको रत्ननगर नगरपालिका–१५ स्थित माधवपुरमा बस्दै आएकी थिइन् ।

शालिन पोखरेल २ वर्षदेखी सो होस्टलमा बसेर पढ्थिन् । सालीनको बुवा र आमाविच सम्बन्ध विच्छेद गरेर उनकी आमा दुबईमा र बुवा काठमाडौँमा बस्दै आएका छन् । पंखामा झुण्डिएको अवस्थामा प्रहरीले शव बरामद गरेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको छ । अनुसन्धान अधिकृतहरु अहिले उनको शव पोष्टमार्टमको रिपोर्ट पर्खिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्