Logo

१५७ मत सहित तेस्रो पटक प्रचन्ड प्रधानमन्त्री


फागुन ३०–काठमाडौँ । गठबन्धनलाई भत्काएर नयाँ समिकरण बनेसँगै १५७ मत सहित तेस्रोपटक फेरि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका छन् । सत्ता समिकरण फेरिएपछि नेकपा एमालेको सर्मथनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट फेरि विश्वासको मत पाएका छन् ।

मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा उनको विश्वासको मतसम्बन्धी प्रस्ताव निणयार्थ प्रस्तुत गर्दा उनले बहुमत सांसदको मत पाएका हुन् । मत विभाजन हुँदा कुल २६८ मत खसेकामा प्रचण्डले १५७ बहुमत प्राप्त गरेर बिश्वासको मत प्राप्त गरेको सभामुखले घोषणा गरेका हुन् ।

यस्तै प्रचण्डको विपक्षमा ११० मत पर्दा एक सांसद तटस्थ रहेको छ । कांग्रेससँग गठबन्धन तोडेर प्रधानमन्त्री प्रचण्डले गत फागुन २१ गते मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । नयाँ मन्त्रिपरिषद गठन गरेको नवौ दिनमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्