Logo

निर्वाचन आयोगद्वारा उपचुनावको कार्यतालिका सार्वजनिक


फागुन १९–काठमाण्डौं । यहि बैशाख १५ गते हुने उपनिर्वाचनको कार्यतालिका निर्वाचन आयोगले सार्बजनिक गरेको छ । वैशाख १५ गते इलाम प्रतिनिधि सभा क्षेत्र नं २ र बझाङ १ को प्रदेशसभा १ मा हुने उपचुनावको कार्यतालिका शुक्रबार निर्वाचन आयोगले सार्वजनिक गरेको हो । त्यसको लागी चैत २४ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्ने भएको छ ।

त्यसै दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन गर्ने पनि निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार उम्मेदवारको विरोधमा चैत २५ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने छ । २५ गते दिउँसो ३ बजेदेखि चैत २६ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवम् निर्णय हुने आयोगले जनाएको छ ।

चैत २७ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने त्यही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । दिउँसो ३ बजेदेखि ५ बजेसम्ममा उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने कार्यक्रम छ । वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान केन्द्रमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्