Logo

नयाँ सत्ता समिकरणसँगै फेरि दोस्रो पटक गृमन्त्री बन्दै रवि लामिछाने


फागुन,२१ – काठमाडौं । नेपाली काँग्रेससँगको गठबन्धन भत्काएर माओबादीले नयाँ सत्ता समिकरण गरेसँगै फेरि दोस्रो पटक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि नयाँ सत्ता समिकरणसँगै फेरि दोस्रो पटक गृमन्त्री बन्दै रवि लामिछाने गृहमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समिकरण बदलेसँगै पुनर्गठित सरकारमा आज ४ जना मन्त्रीले सपथ खाने भएका छन् ।

फेरि पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा नयाँ सरकार बन्ने भएको छ । नेकपा एमालेसँगको सहकार्यमा नयाँ सरकार बन्ने भएपछि सरकारबाट कांग्रेस, एकीकृत समाजवादी लगायतका दल बाहिरिने निश्चित भएसँगै मन्त्रिपरिषद् पुनर्गठन हुने भएको छ ।

आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जसपाबाट उपेन्द्र यादव, माओवादी केन्द्रबाट वर्षमान पुन र नेकपा एमालेबाट पदम गिरीले मन्त्रीका रुपमा सपथ खाने सम्भावना रहेको प्रधामन्त्री स्रोतले बताएको छ । रवि लामिछाने उपप्रधानमन्त्री एवं गृहमन्त्री, उपेन्द्र यादव भौतिक पूर्वाधार तथा यातायातमन्त्री, वर्षमान पुन अर्थमन्त्री र पदम गिरी स्वास्थ्यमन्त्री बन्ने सम्भावना रहेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्