Logo

बालुवाटारमा तीन दलको बैठक जारी


फागुन,२१ – काठमाडौं ।  प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलको बैठक अहिले पनि जारी रहेको छ । बैठकमा एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेताहरु सहभागी छन् । उनीहरुले सत्ता समिकरणकै बिषयमा छलफल जारी राखेका छन् । प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले एमाले र रास्वपालाई समेट्दै मन्त्रिपरिषद पुनर्गठन हुन लागेको र त्यसका लागि प्रधानमन्त्री प्रचण्डले एमाले र रास्वपाका नेताहरुसँग छलफल गरिरहेको जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री प्रचण्डले जसपासँग पनि मन्त्री बन्नेहरुको नाम मागिएको जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले अहिलेको मन्त्रिपरिषदको पूरै सेट परिवर्तन गरेर तत्काललाई सानो आकारको मन्त्रिपरिषद गठनको तयारी गरेका छन् । यो अन्दा अगाडीका सबै बिवादित मन्त्रीहरुलाई भने बिदाई गर्ने तयारी गरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्