Logo

सत्ता गठबन्धन भत्कीएसँगै छैटौ पटक प्रधानमन्त्री बन्ने देउवाको सपना चकनाचुर


फागुन,२१ – काठमाडौं । अन्तत अपत्यारिलो रुपमा सत्ता गठबन्धन भत्कीएर फेरि नयाँ सरकार बन्ने भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो । राष्ट्रिय सभा निर्वाचन कोशी प्रदेशमा नेपाली काँग्रेसले बिस्वास घात गरेको भन्दै माओबादीले असुन्तुष्ती पोख्दै आएका थिए । त्यसैको मौका छोपी रहेका नेकपा एमाले अन्तत फेरि माओबादीसँगै सत्ता समिकरण गर्न तयार भएपछि नयाँ गठबन्धन बनेको हो ।

आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेसँगै राजनीतिक घटनाक्रमले नयाँ मोड लिएको हो । माओवादी उच्च स्रोतका अनुसार, गत वर्ष १० पुसमा बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बन्ने भएको छ । त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई समेत सँगै लिएर जाने सहमति भएको छ ।

नयाँ सहमति अनुसार, आज बिहानै बसेको बैठकबाट रास्वपाले निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ । बालकोटमा बसेको एमाले सचिवालय बैठकले पनि नयाँ सत्ता समीकरण आजै अगाडि बढाउने निर्णय गरेको छ । बैठकले पदम गिरीलाई सरकारमा पठाउने निर्णय समेत गरेको छ । स्रोतका अनुसार, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् । ‘विवादित मन्त्रीहरुलाई बर्खास्त गरेर प्रधानमन्त्रीले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्ने स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्