Logo

पन्ध्र हजार घुससहित वैदेशिक रोजगार विभागमा कार्यरत नायब सुब्बा पक्राउ


फागुन ३०–काठमाडौँ । पछिल्लो समय जताततै भ्रष्टचार मौलाएको छ । मंगलबार पन्ध्र हजार घुससहित बैदेशिक रोजगार विभागमा कार्यरत नायब सुब्बा प्रमोद निरौला पक्राउ परेका छन् । धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निरौलालाई पक्राउ गरेको हो ।

उनले सेवाग्राहीबाट पन्ध्र हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले विज्ञप्ति मार्फत जनाएको छ । साथै उनको साथबाट श्रोत नखुलेको एकहत्तर हजार छ सय बीस रुपैयाँसमेत बरामद भएको छ । उनीउपर थप अनुसन्धान भइरहेको अख्तियारको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्