नयाँ बानेश्वरस्थित संघीय संसद भवन जेनजी समूहद्वारा कब्जा गर्ने तयारी
 
        २४, भदौ – काठमाण्डौं । नयाँ बानेश्वरस्थित संघीय संसद भवन जेनजी समूहद्वारा कब्जा गर्ने तयारी गरेका छन् । बिहानैबाट प्रदर्शनकारीहरुले संसद भवन अघि विरोध प्रदर्शन गरिरहेका छन् । अहिले जेनजी समूह उक्र बनेका छन् । सरकारको करफ्यू्रलाई पनि यी समूहले वेवास्ता गरेका छन् । सोमबार नै जेनजी समूहले संघीय संसद भवन प्रवेश गर्ने तयारी गरेका थिए ।
सो क्रममा प्रहरीको गोली लागेर धेरैको हताहती समेत भएको छ । आज पनि बिहानैबाट प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरु संसद भवन प्रवेशको तयारी गरिरहेका छन् । यद्यपि संसद भवन भित्र सेना परिचालन गरिएका कारण बाहिर विरोध प्रदर्शन भइरहेको छ ।
सोमबार जेनजी समूहले विभिन्न मागसहित गरेको विरोध प्रदर्शनमा १९ जनाले ज्यान गइसकेका छन् । साथै सयौँको संख्यामा घाइते भएका छन् ।

 
                