प्राकृतिक विपत्तिमा फसेका पीडितहरुको यथाशीघ्र उद्धार कार्यमा खटन सरकारलाई प्रकाश रायमाझीको अपिल
कलाखबर संवाददाता २४,असार– काठमाडौं । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले रसुवा र भोटेकोशीमा बाढीले पु¥याएको क्षतिप्रति दुख व्यक्त गर्नु भएको छ । उहाँले सरकारलाई पीडितहरुको राहत र पुनस्थापना तथा उद्धार कार्यमा चाडो भन्दा चाँडो काम गर्न अपिल गर्न भएको छ ।
यस्तो घटनामा कुनै पनि हालतमा सरकार आफ्नो जिम्मेवारीबाट भाग्न नमिल्ने रायमाझीले बताउनु भएको छ । मंगलबार बिहान बाढी पहिरो प्राकृतिक प्रकोपले पु¥याएको क्षतिबाट आफु स्तब्ध भएको भन्दै रायमाझीले जतिसक्दो चाँडो उद्धार र राहतका लागि खटाउन सरकारलाई अपिल गरेका हुन् ।
उहाँले एक विज्ञप्ती जारी गर्दै लेखेका छन्,“यो विपतको अवस्थामा भागबण्डा दलीय संकीर्णताले सरकार प्रभावित नहोस्। प्राकृतिक विपत्ति बाट उत्पन्न हुन सक्ने विषम परिस्थितिमा प्रत्येक नागरिकले आ–आफ्नो क्षेत्रबाट निस्वार्थ रूपले सहयोग राहत तथा उद्धार कार्यमा जुटौं कुनै पनि दाजुभाइ दिदीबहिनी यो विपत्तिमा बेसहारा नबनुन्।”
आज बिहानै रसुवा र भोटेकोशीमा एक्कासी आएको बाढीले धनजनको क्षतीसँगै मानवीय क्षती समेत भएको छ । बाढीमा फेसेका पीडितहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

