बालेनलाई जेन–जीको अल्टिमेटम ः २ बजेसम्म लिडरसीप लिन सडकमा नआए नेता नमान्ने चेतावनी
 
        २४, भदौ – काठमाण्डौं ।आन्दोलनमा रहेका जेन–जीले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)लाई आज २ बजेसम्मको समय दिएका छन् । यदि दिएको समय सीमाभित्र लिडरसीप लिन सडकमा नआए नेता नमान्ने चेतावनी दिएका छन् ।
समाजिक सञ्जालमा आन्दोलनको नेतृत्व बालेनले गर भन्ने बहस चलिरहँदा केही युवाहरूले सामाजिक सञ्जालमा लेख्दै मंगलबार दिउँसो दुई बजेसम्मको समय दिएका हुन्। जेन–जीको आन्दोलनमा सहभागी जनाइरहेका युवाहरूले सामाजिक
सञ्जालमा लेखेका छन्, ’डियर बालेन दिउँसो दुई बजेसम्म तिमी हामीसँग हुन सक्छौं भने आउ नेतृत्व गर, नभए याद राख तिमी पनि हाम्रो नेता कहिल्यै हुन सकेनौं। उनीहरूले दिउँसो २ बजेसम्म पनि नआए बालेनसँग कुनै सम्बन्ध नरहने बताएका छन्।

 
                