Logo

शन्तकुमार राई र प्रयास दुमीराईको ‘अली अली’ गीत सार्वजनीक


असोज ५–लण्डन । शन्तकुमार राई र प्रयास दुमीराईद्धोय निर्देशित नेपाली म्युजिक भिडियो ‘अली अली’ सार्वजनिक गरेको छ। यस गीतमा असिम मगर र रेखा लिम्बूको बेजोडको अभिनय देख्ने सकिन्छ । यो गीतले प्रेमको मिठास मात्र होइन, वियोगको निसासो पनि बोकेको छ । मनको कुनामा बाक्लिएको पीडा, अधुरो प्रेमको कथा र सम्झनाको न्यानो स्पर्श लिएर यस.के.आर पिक्चर्सले आफ्नो अफिसियल युट्युब चानलमा सार्वजनिक गरेको हो ।

गीतका हर एक शब्दले छुट्टिनु पर्दाको पीडा, सम्झनामा बाँधिएको माया र समयले बिर्सन नसकेको घाउलाई न्यानो स्वरमा पोख्छ। नीलम रोजू राईको शब्द र संगीतमा गायक प्रताप दास र गायीका अनु चौधरीको करुणमय स्वर सुनिन्छ । यस गीतमा सुनिएको गहिरो प्रेमको रंग र प्रेममा हाँस्दै–रुँदै बिताएका पलहरूको अमिट स्मृती गीतमार्फत देखाएको छ ।

यस गीतका मुख्य कलाकारहरूमा असिम मगर, रेखा लिम्बू र शेरोन लिम्बू रहेका छन । यसैगरी, मेकअप कलाकार सम्झना लिम्बू, ड्रोन सुमन श्रेष्ठ, रेकर्डिस्ट राजेश श्रेष्ठ, मिक्सिङ किशोर थापा, पुरुषोत्तम सुबेदीको सुमधुर संगीत–संयोजन लगायत अन्य कर्मीहरूको यस गीतमा महत्वपूर्ण योगदान रहेको छ।

शन्तकुमार राई र प्रयास दुमीराईको संवेदनशील कथ्य, शन्तकुमार राईकै दृष्यात्मक सिनेमेटोग्राफी, रिकी राईको भावनात्मक भ्वाईस ओभर र सरोज राईको निर्माणले भिडियोलाई कलात्मकता र अनुभूतिमा सशक्त बनाएको छ । बेलायतका महत्वपूर्ण पर्यटकीय स्थलहरूमा छायाङ्कन गरिएको दृश्यहरूले गीतलाई अन्तर्राष्ट्रिय रौनक दिएको छ। यसले नेपाली सङ्गीतमा नयाँ मानक स्थापना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्