Logo

विश्व किर्तिमानी डा.रक्षकुमार राईद्वारा आसन्न प्रतिनिधि सभा सदस्य उम्मेदवारी दिने तयारी


 

माघ, ५–काठमाण्डौं । विश्व किर्तिमानी तथा विभिन्न विधामा डाक्टरको उपाधी हाशिल गर्न सफल डा.रक्षकुमार राईले आगामी आसन्न प्रतिनिधि सभाको निर्वाचनमा उमेदवारी दिने भएका छन् । सुनसरी धरान निर्वान क्षेत्र १ बाट मितेरी पार्टी नेपालको चुनाव चिन्ह घोडा लिएर उहा चुनावमा होमिने भएका हुन । उहाँले माघ ६ गते उम्मेदवारी दर्ता गर्ने तयारी गरि सकेका छन् । देशले नचिनेको तर विश्व जगतमा चितपरिचित डाक्टर रक्षकुमार राईले हालसम्म दश विश्व किर्तिमानहरु कायम गरि सकेका छन ।

उहाले फरक फरक विधामा गिनिज वल्र्ड रेकर्डस , एक्स्क्लुसिभ वल्र्ड रेकर्डस, किङ्ग्स बुक अफ विश्व रेकड्र्स , च्याम्पिन बुक अफ वल्र्ड रेकड्र्स, ओएमजी बुक अफ वल्र्ड रेकर्डसहरुमा ऐतिहासिक विश्वकिर्तिमानहरु कायम गरिसकेका छन । कुनै आफ्नो नयाँ विधाका विश्व रेकर्डसहरु छन, भने कुनै विश्वका किर्तिमानीहरुको रेकड्र्स लाई तोडेर आफ्नो नाममा रेकर्ड बनाउन सफल बनेका छन । हालसम्म उनका किर्तिमानहरु साहसिक, खेलजगत र चमत्कारी विधामा रहेका छन ।

उनले मे ५ २०२४ मा कन्स्टिच्युशन क्लब अफ इन्डिया ( नया दिल्ली ) मा भएको एक ऐतिहासिक समारोहमा थप ४ विश्व रेकर्डसहरु कायम गर्दै वल्र्ड ह्याट्रीक समेत गरि सारा नेपालीहरुको शान र गरिमा विश्वसामु चकित पारेका छन । यहि समारोहमा उनले रणनीतिक परिचालन र रणनीतिक नेतृत्व विधामा दोस्रो मानर्थ विधावरी अनोरेरी डाक्टरेट पिएचडी को उपाधी समेत अफ्रीकि महादेश वेविक विश्वविद्यालय घाना बाट हासिल गर्न सफल बने ।

यो भन्दा अगाडि पहिलो मानर्थ विधावरी दक्षिण एसियाली राष्ट्र भारत को राजिस्थान जयपुर अन्तराष्ट्रीय सेन्टर ( हल ) मा भएको एक ऐतिहासिक दिक्षान्त समारोह १ अक्टोबर २०२३ मा अफ्रीकी विश्वविद्यालय बाट नै हासिल गर्न सफल बनेका हुन जुन विश्व किर्तिमान कै विधामा पिएचडी गर्ने पहिलो नेपाली उनि नै थिए! उनि खेलकुद जगतमा पनि उत्तिकै सक्रिय छन । सितोरियो करातेको ब्लाक बेल्ट चौथो डान साथै अन्तराष्ट्रीय रेफ्री प्रशिक्षक पनि हुन ।

पुस्तक लेखन र समाज सेवा लाई समेत अगाडि बढाउदै आज सम्म बिभिन्न विधामा १० विश्व किर्तिमानीहरु कायम गर्दै नेपालीहरुको स्वाभिमान इतिहास को पानामा स्वर्णिम अक्षरले लेख्न सफल बनेका छन । उहाले कयौ नेपालीहरुलाई विश्व रेकड्र्स को यात्रामा जर्ज र कोअडिनेटर को भुमिका खेल्दै सफल विस्व विजय पार्न समेत महत्वपुर्ण योगदान पुर्याईसक्नु भएको छ ।

आगामी नया पुस्ताको लागि पनि आफु सङ्गै दोर्याउने वाचा गर्नु हुन्छ । उनि युनिभर्सर रेकर्ड मन्च साथै एक्स्क्लुसिभ वल्र्ड रेकड्र्स को कोअडिनेटर हुन भने ओएमजि बुक अफ वल्र्ड रेकड्र्स को नेपाल सद्भावना दुत समेत हुन । डा.रक्षकुमार राईले आगामी प्रतिनिधिसभा निर्वाचनको प्रतिवद्धतापत्रमा निम्न कुराहरु समावेश गर्ने बताएका छन् ।

मैले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार जित्नु भनेको सिङ्गो देशले बिजय हासिल गर्नु हो । मेरो प्रतिबद्दता साथै मुख्य राष्ट्रीय एजेण्डाहरु (१) पानी बिजुली को बिल ५० युनिट सम्म प्रत्यक घर धुरिलाई छुट । (२)निर्माणाधीन अवस्थाको एयरपोर्ट ले पुर्णता । (३) जुनसुकै सवारी साधनको कर किनेको १० वर्ष सम्म छुट । (४) विभिन्न धातु तथा मुल्यवान खनिज पदार्थ को उत्खनन प्रशोधन साथै अन्तराष्ट्रीय बजारीकरण । ( ५) बेरोजगार को अन्त्य । (६) निर्माणाधीन बिकासको योजनाहरु तर्जुमा साथै थप नया गुरु योजनाहरु अगाडि बढाइने । ( ७) नेपाली सेनालाई राष्ट्रीय सेना घोषणा गर्दै बिकास कार्यमा सक्रियता को पहल । (८) शिक्षा नीति बाट देश परिवर्तन गर्न सकिन्छ भन्ने उद्देश्य ले “समृद्द राष्ट्रको चमत्कारी “सिदान्त लागु गरिने ( दबकष्अ ,मष्उयिmब र बमखबलअभम ) कोर्ष लागु । (९) योग्यता अनुसार को काम र श्रम अनुसार को मुल्य निर्धारण गरीने । (१०) सरकार अनि सत्ता परिवर्तन भन्दा जनताको जनस्तर र गुणस्तरमा ध्यान दिइने । (११) सबै क्षेत्र अनि स्तरका खेलाडी हरुको भाग्य अनि भविष्य को फैसला गर्न किर्तिमानी आयोग गठन गरीने । (१२) विज्ञता ् योग्यता अनि क्षमता को आधारमा मन्त्रीमण्डल गठन गरीने । (१३) साना घरेलु तथा मझौला उघोग स्थापना साथै पुन ः सन्चालन को लागि ५ करोड सम्मको बिना धितो कर्जा को सुबिधा प्रदान गर्ने । (१४ ) सहकारी पीडीतहरुलाई अनुदान । (१५) महिला तथा पिछडीएको वर्गलाई ५०% समानुपातिक ् समावेशीता लागु । (१६) सुकुमबासी बस्तिहरु जसको जोत उसैको पोट को व्यस्था सुनिश्चित गरिने । (१७) अपाङ्ग , बृद्द ् बृद्दा साथै तेस्रो लिङ्गिहरुलाई आवस्यकिय भत्ता अनि सेवा सुविधा प्रदान । (१८) राष्ट्रीय अन्तराष्ट्रीय स्तरको खेलाडी तथा प्रशिक्षकहरुको जिवन बिमा साथै भविष्य को ग्यारेन्टी । (१९) प्रत्यक्ष कार्यकारी प्रमुख को व्यवस्था । (२०) सबै प्रकार का कानुनी उत्पादन क्षेत्रका सस्था कम्पनीहरुलाइ विशेष सरकारी अनुदान । (२१) शिक्षामा १००% सरकारको लगानी साथै अनिवार्य शिक्षा नीति । (२२) विभिन्न राजनीतिक कालखण्डमा भएका घाइते , अपाङ्ग अनि शहिद परिवारलाई राज्यको तर्फबाट विशेष सम्मान र सेवासुविधा । (२३) सम्पन्न अनि समृद्द राष्ट्र निर्माण मेरो अभियान । विश्वकृतिमानी ( डा.रक्षकुमार राई ) अभियान । प्रतिनिधि सभा सदस्य उम्मेदवार सुनसरी धरान निर्वान क्षेत्र १ । चुनाव चिन्ह घोडा मितेरी पार्टी नेपाल । प्रशिक्षण विभाग प्रमुख ।

प्रतिक्रिया दिनुहोस्