सत्यको खोजीः नक्कली भुटानी शरणार्थी प्रकरण
कलाखबर– काठमाण्डौं । राजनीति बिश्लेषक प्रकाश रायमाझीले भ्रष्टचार प्रकरणलाई सतहमा ल्याउन र यसको छानबिन सुरु गर्न प्रेम कुमार राईको भूमिका उल्लेखनीय रहेको उल्लेख गर्नु भएको छ ।
सन् २०१८ मा गृह सचिवको रूपमा कार्यरत रहँदा, उहाँकै अग्रसरतामा नक्कली प्रतिवेदन र गलत कार्यहरू रोक्नका लागि पहल सुरु गरिएको राय माझीले बताउनु भयो ।

अहिले आएर दुःखको कुरा, वास्तविकतालाई बुझ्नुको साटो केही सञ्चारमाध्यमहरूले उहाँको प्रयासलाई तोडमोड गरेर भ्रम फैलाउने काम गरेको छ, उहाँले भन्नु भयो ।
राईकै सक्रियताले यो ठगी जालोको पहिचान भएको हो भन्ने तथ्यलाई ओझेलमा पार्न खोजिनु अन्यायपूर्ण हुने राय माझीले बताउनु भयो ।
अहिले केही सञ्चार माध्यमहरुले प्रेम कुमार राई पनि भ्रटचारको आरोपमा पक्राउ पर्ने अफवाह फैलाई रहेका छन् ।

