Logo

गायक रेवत राईको नयाँ गीत ‘खरको’ छानो सार्वजनिक ।


 

२ माघ– काठमाण्डौं । लाई कर्मथलो बनाउँदै देशकै गीत–संगीतमा तहल्का पिट्दै आएका गायक रेवत राईको नयाँ गीत ‘खर्को छानो’ सार्वजनिक भएको छ। मौलिक गाउँको कथा, जीवन्त अभिनय र भावनात्मक प्रस्तुतिसहितको यो कृति दर्शक–श्रोताको मन छुने खालको रहेको छ। यस गीतमा ग्रामीण जीवनको यथार्थ,पलायनको पीडा र साधारण मानिसको भावनालाई नवराज मगरको शब्द र हरि लम्सालको संगीतले सजिएको छ। रिकेश गुरुङको एरेन्जमेन्टले गीतलाई भावनात्मक गहिराइ दिएको छ।

‘खर्को छानो’को भिडियोलाई एउटा सानो ‘म्यूजिकल फिल्म’ को रूपमा निर्माण गरिएको छ, जसले ‘अनफुलफिल्ड ड्रिम’ (अधुरो सपना) को संकल्पनालाई दृश्यात्मक रूपमा उतारेको छ। भिडियोको कथा, निर्देशन र सम्पादन किरन राईले गरेका हुन् भने निर्माण रेवान राईको हातमा रहेको छ। भिडियोमा सुजन जिम्बा, थिन्ले ल्हामो, बबिन राई लगायत विविध कलाकारहरूको प्रभावशाली अभिनय समावेश गरिएको छ।


छायांकन रन्धिर श्रेष्ठले गरेका हुन् भने सह-निर्देशन सरोज खालिङको रहेको छ। सम्पूर्ण पोस्ट-प्रोडक्सन कार्य ‘केए प्रोडक्सन’ अन्तर्गत सम्पन्न भएको हो। यस सिर्जनाको निर्माण टिमले गीतलाई आफ्नो ‘कोसेली’ भन्दै दर्शक र श्रोताबाट माया र साथको अपेक्षा गरेको छ। गीतको आधिकारिक भिडियो युट्युब मार्फत हेर्न सकिने टिमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्