गृहमन्त्री ओम प्रकाश अर्यालको पनि राजीनामा माग्ने तयारी
असोज २१–काठमाण्डौं । जेन्जिहरु अन्तरिम सरकारको कामप्रति पनि आक्रोस हुन थालेका छन् । उनीहरुले समयमा सरकार र नव गठित आयोगले पनि काम गर्न नसकेको र भ्रष्ट्रचारीलाई कारबाही गर्न नसकेको भन्दै धमाधम राजिनामा माग्न थालेका छन् ।
भ्रष्ट्रचारीलाइ उन्मुक्ति र बचाउने काम गरेको भन्दै अख्तियार प्रमुख आयुक्त प्रेम कुमार राईको राजिनामा मागेसँगै फेरि गृहमन्त्रि ओम प्रकाश अर्यालको पनि राजीनामा माग्ने तयारी गरेका छन् । सोमबार मात्र सुदन गुरुङको नेतृत्वमा पूर्व प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकलाई समातेर जेल हाल्नुपर्ने मागसहित प्रहरीमा जाहेरी दिन गएका थिए ।
उक्त जाहेरी दर्ता गर्न प्रहरीले नमानेपछि जेन्जि समुह झन उग्र बनेका हुन् । उनीहरुले अहिलेको गृहमन्त्री ओम प्रकाश अर्यालले पनि दोषीलाई कारबाही गर्न खुट्टा कमाएको आरोप लगाउदै राजीनामा दिनुपर्ने बताएका छन् । मत्थर भएको जेन्जिको आन्दोलनलाई फेरि जुनसुकै बेला भत्किन सक्ने आँकलन गर्दै अहिले बाक्लो मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएका छन् ।

