Logo

नाछिरिङ प्रवास युकेद्वारा भेटघाट तथा वृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिने


 

अषाढ,१० –काठमाण्डौं । युकेमा अवस्थित नाछिरिङ समुदायहरुले आपसी भेटघाट तथा वृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ । प्रवासमा रहँदा पनि आफ्ना काला संस्कृतिलाई सधैं सम्झि रहन्छौं, भन्ने मुल सन्देश लिएर नाछिरिङ समुदायले एक बिशेष कार्यक्रमको आयोजना गर्न लागिएको हो । हामी जतिसुकै टाढा भए पनि हाम्रो जरा कहिल्यै उखेलिँदैन, हाम्रो समुदायप्रतिको भावनाले प्रेरित भई अझै आत्मिएता प्रगाढ बनाउने मुल उद्देश्यले नै कार्यक्रमको आयोजना गर्न लागिएको युवा सुमन नाछिरिङले बताउनु भएको छ ।

बेलायतमा बसोबास गर्दै आएका किरात नाछिरिङ समुदायको संस्था किरात रदु नाछिरिङ प्रबास युकेले आउदो जुलाई ५ मा बागसटस्थित १०७ कलेज साईड यूकेमा ऐतिहासिक नाछिरिङ “वार्षिक भेटघाट तथा सांस्कृतिक कार्र्यक्रम —२०२५ आयोजना गर्न लागेको हो ।” यो कार्यक्रम पहिचान, परम्परा र अन्तरपुस्तीय सम्बन्ध जोगाउने गहन अभियानका रूपमा प्रस्तुत हुने भएको छ ।

नाछिरिङ भेटघाट मात्र नभएर सांस्कृतिक अन्तर आत्माको संरक्षणप्रति सचेत रहेर प्रवासी भूमिमा आर्थिक र पेशागत संघर्षबीच आफ्नै मातृसंस्कृति, भाषा र सभ्यता प्रति गुमाउँदै गएका धेरै जातीय समूहहरूको बीचमा नाछिरिङ समुदायको यो प्रयास एउटा जीवित उदाहरण हुने आयोजकले जनाएको छ । आफूहरुको संस्कृति किताबमा मात्र सीमित होस् भन्ने हामी चाहँदैनौं । यो पुस्तादेखि अर्को पुस्तासम्म अनुभवका साथ जीवित बाँच्नुपर्छ,” भन्ने मुल उद्देश्य रहेको कार्यक्रम अध्यक्ष बिशेश्वर नाछिरिङले बताउनु भयो ।

कार्यक्रममा सामूहिक पहिचान उत्सवको रुपमा चर्चित कलाकारहरूको उल्लेखनीय प्रस्तुति समेत रहने आयोजकले जनाएको छ । चर्चित गायिका कल्पना रार्ई कोन्जु’ तथा चर्चित गायक रायारा हाम्रुङ राईको लोकप्रीय साँस्कृतिक सांगाीतिक प्रस्तुतिले कार्यक्रम रोचक हुने भएको छ । नृृत्यङ्गना रीचा र ईभा राईको मौलिक जातीय नृत्यमा आधुनिकीकरणको झल्को र बालप्रतिभा रिमोस र तेरिसा मगरको लाईभ पियानो र भायोलिनद्वारा सांगीतिक प्रस्तुतीले थप मनोरञ्जन हुने आयोजकले जनाएको छ ।

यस किसिमको कार्यक्रम भविष्यका लागि उदाहरणीय अभ्यास हुने आयोजकको दावी रहेको छ । यो आयोजनालाई प्रवासी नेपाली समुदायका लागि नयाँ पुस्तासँग आफ्नो पहिचान बाँड्ने संकल्पको रूपमा पनि हेरिएको छ । यसले भाषा, संस्कृति र इतिहासलाई पुनः जीवित बनाउने आन्दोलन झैँ रूप लिएको कुरा महासचिव सप्तराज नाछिरिङले बताउनु भएको छ । ऐतिहासिक यस कार्यक्रममा परम्परागत किराँत भोज, संविधान सदस्यता सम्मान तथा वरिष्ठ पुर्खाहरूको सार्वजनिक सम्मान लगायतको कार्यक्रम समेत रहने भएको छ ।

सांस्कृतिक जागरणसँगै समाजमा नयाँ आत्मबल रहेको छ । हामी भौगोलिक रूपमा टाढा भएपनि संस्कृतिक रूपमा नजिक भएर अझै मजबुत एकतामा बाँधिएका छौ,कोषाध्यक्ष कमल नाछिरिङले भन्नु भयो । उक्त भनाइले नाछिरिङ समुदायको आत्मबल मात्र होइन, समग्र प्रवासी नेपालीहरूको गहिरो भावनात्मक सम्बन्ध झल्काएको छ । यो कार्यक्रम केवल समुदायभित्रको जमघट मात्र होइन, बरु बेलायतमा बसोबास गर्ने सम्पूर्ण जातीय समुदायहरूलाई समेत सांस्कृतिक पुनर्जागरणका लागि प्रेरणाको स्रोत बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्