Logo

संगीता घिमिरेको रातो सारी तीज गीत लोकार्पण


१७ साउन – काठमाण्डौं । गायीका तथा रचनाकार संगीता घिमिरेको रातो सारी तीजको गीत शनिबार लोकार्पण गरिएको छ । बहुमुखी प्रतिभाकी धनी गायीका संगीता घिमिरेको आफ्नै शब्द रचना,निर्देशन तथा स्वर लहरी रहेको गीतमा लोकप्रीय गायीकाहरु राधिका भण्डारी र शिला विष्टले साथ दिएका छन् । यस गीतमा वरिष्ठ सर्जक तथा संगीतकर्मी तीर्थराज पोख्रेलको संगीत रहेको छ । आफ्नै मौलिक भाका र नयाँ रचनालाई कलात्मक ढंगले समेटिएको यस तीज गीतलाई सारथी बिवेक अफिसियल युट्यूब च्याँनलमार्फत दर्शक श्र्रोता माझमा सार्बजनिक गरिएको हो ।

सो ‘रातो सारी’ तीज गीतको म्यूजिक भिडियोलाई कार्यक्रम सभापति भिष्मराज ढुङ्गेल र प्रमुख अतिथि तीर्थराज पोख्रेलले औपचारीक रुपमा प्रोजेक्टरको स्वीच बटम थिचेर संचारकर्मी माझमा सार्बजनिक गरेका हुन् । कार्यक्रमलाई औपचारिक रुपमा गायीका संगीता घिमिरे आफैले सञ्चालन गरेकी हुन् । पछिल्लो समय तीज गीतको नाममा छाडापन बढ्दै गएको र आफ्नो मौलिकता हराउदै गएको अवस्थामा यस किसिमको मौलिकपन र चेतनामुलक तीज गीत बजारमा आउनु आफैमा सुखद भएको प्रमुख अतिथि तीर्थराज पोख्रेलले बताएका छन् ।

आफ्नै मौलिक भाका समेटिएकाले यस गीतले बजारमा सकरात्मक सन्देश दिने सभापति भिष्मराज ढुङ्गेलले बताएका छन् । गायीकाहरु राधिका भण्डारी र शिला विष्टले आफ्नो मौलिकपन झल्काउने बहुमुखी प्रतिभाकी धनी गायीका संगीता घिमिरेको शब्द रचना रहेको गीतमा स्वर लहरी भर्न पाउँदा खुशी लागेको बताएका छन् । साथै आगामी दिनहरुमा पनि यस्तै राम्रो काममा सँगै हातेमालो गरेर अगाडी बढ्ने बाचा गर्दै रचनाकार तथा गायीका संगीता घिमिरेलाई शूभकामना दिएका छन् ।

कार्यक्रमा भिडियो छाँयाकार, निर्देशक, सम्पादक तथा सबै कलाकारहरुको उपस्थिति रहेका थिए । मुख्य कलाकारहरुमा सुशिला थापा र सुमिना थापा मगर रहेका छन् । विवेक ढङ्गेल र स्पन्दन ढुङ्गेलको निर्माणमा बनेको यस भिडियोलाई नृत्य निर्देशन सुशिला थापाले गरेकी हुन् । छाँयाङ्कन तथा सम्पादन सरोज शाहीले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्