उदयपुरे चाम्लिङ राई समाजद्वारा पुस्तक लोकार्पण तथा सम्मान कार्यक्रम सम्पन्न
जेष्ठ,२४– काठमाण्डौं । उदयपुरे चाम्लिङ राई समाज संस्थाले शनिबार पुस्तक लोकार्पण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उदयपुरे चाम्लिङ राई समाजले शनिबार एकैपटक पाँचवटा पुस्तकलाई लोकार्पण गरेको हो । सहित्य जगतमा लामो समयदेखि कलम चलाउदै आएका विजय बलम्तालीद्वारा लिखित चाम्लिङ सामान्य ज्ञान, शान्ता राईद्वारा लिखित खोजी गजलसंग्रह,आवरणभित्र म, आनन्दकला राई द्वारा लिखित गजलसंग्रह, तूदी, र अधिवक्ता शान्ति कुमारी राईद्वारा लिखित हिंसा र चाम्लिङ भाषाको रोडुङ टयाँ लगायतका कृतिहरु एकैपटक लोकार्पण गरेको हो ।
पुस्तक लोकार्पण पछि सबै लेखक तथा कृतिकारहरुले आफूहरुको लेखरचनालाई आधिकारिक रुपमा विमोचन गरेर सबै स्रष्टाहरुको माझमा पुररयाउन उदयपुरे चाम्लिङ राई समाजले खेलेको भूमिकाप्रति धन्यबाद ज्ञापण गरेका थिए । साथै उनीहरुले उदयपुरे चाम्लिङ राई समाज संस्थाले चाहेको अवस्थामा जस्तोसुकै बेला आफूहरुको पनि सहयोग रहने प्रतिवद्ध समेत व्यक्त गरेका थिए । कृति लेखकहरु विजय बलम्ताली र शान्ता राईलाई सिरमा फेटा बाँधेर संस्थाका अध्यक्ष रवि कुमार राईको अगुवाईमा सम्मान समेत गरेका थिए ।
समुदाय भिआफ्नोत्रको भाषा कला संस्कृतिको संरक्षण र लेख रचनाको प्रर्वधन गर्ने उद्देश्यले स्थापित उदयपुरे चाम्लिङ राई समाजको दायित्व भित्र पर्नें भएकोले यस संस्थाले एकैपटक पाँचवटा कृतिहरुलाई लोकार्पण गरेको अध्यक्ष राईले बताए । साथै सबै स्रष्टा लेखक,सर्जक, प्रमुख अतिथि,बिशेष अतिथि र सबै सहभागीहरुको उपस्थितिले कार्यक्रम सफल भएकोमा अध्यक्ष राईले खुशी व्यक्त गर्दै धन्यबाद दिएका थिए ।
सो कार्यक्रमको अवसरमा उदयपुरे चाम्लिङ राई समाजलाई एक थान ढोल र झ्याम्टा उपलब्ध गराई महत्वपूर्ण सहयोग गरेकोमा समाजसेवी पदम बहादुर राईलाई सिरमा फेटा बाँधेर समानपत्र सहित सम्मान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि चाम्लिङ राई खाम्बातिमका अध्यक्ष युवराज राईले साहित्य जगतका स्रष्टा लेखकहरुलाई धन्यबाद दिदै आगामी दिनहरुमा पनि यसरी नै नयाँ सृजना लिएर आफ्नो भाषा,कला सँस्कृतिको संरक्षण र समुदायको उत्थान कार्यमा लागि पर्न शुभकामना दिएका थिए ।
यस्तै आफ्नो मौलिक भाषिक साहित्यले समुदायको पहिचान झल्काउन मद्दत पुग्ने पनि उनले बताए । कार्यक्रमका विशेष अतिथि टंक बहादुर राई,आदिवासी किरात समाजका उपाध्यक्ष श्री बम बहादुर राई,संस्थापक अध्यक्ष दिपक गोर्खाली राई ,लेखक उतर कुमार राई ,कालिसका अध्यक्ष श्री काजी बहादुर राई ,पत्रकार दाजु हौवा अनलाइन टि भिका जिवनजित राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


