Logo

आकर्षक तलबको प्रलोभन देखाइ लिथुआनिया पठाउने भन्दै रकम ठगी गर्ने गौतम पक्राउ


१९,पौष – काठमाण्डौं । आकर्षक तलबको प्रलोभन देखाइ बैदेशिक रोजगारीका लागि लिथुआनिया पठाउने भन्दै रकम ठगी गरेको आरोपमा समय गौतमलाई प्रहरीले पक्राउ गरेका छन् । काठमाडौँ नागार्जुन नगरपालिका–८ बस्ने ३६ वर्षीय समय गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीमाथि लिथुआनिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ११ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको आरोप लागेको छ । पीडितहरूको उजुरी र बिषेश सम्पर्क शुत्रको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका–१५ बाट पक्राउ गरेको हो ।

पीडितहरुबाट रकम लिएपछि सम्पर्क बिहिन भएर फरार भएको अवस्थामा विभिन्न लोकेशन टयाक गरि प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्