हिमाली भेगबाट पोखराको सीमपानी आईपुग्यो च्याङ्ग्रा,धमाधम खरिद बिक्रि हुदै

२२,असोज–काठमाण्डौं । दसैँको लागि हिमाली भेगको च्याङ्ग्रा अहिले पोखरा झारिएको छ । दशै सुरु भएसँगै पोखराको सीमपानी क्षेत्रमा यतिबेला च्याङ्ग्रा खरिद विक्रीको चहलपहल चलेको छ । पोखरेलीहरु सीमपानीसम्म पुगेर च्याङ्ग्रा खरिद गरिरहेका छन् ।
यसपालि मुस्ताङ, डोल्पा, तिब्बतसँगै पश्चिम दार्चुला, बझाङ लगायत जिल्लाबाट च्याङ्ग्रा र भेडा आयात भएका छन् । व्यापारीले वजन हेरेर ३० हजारदेखि ५० हजारसम्म भेडा च्याङ्ग्रा विक्री गरेका छन् । पोखराको सीमपानीमा च्याङ्ग्रा आएपछि नै दसैँले छोपेको मानिन्छ । अघिल्लो वर्षभन्दा केही धेरै च्याङ्ग्रा आउने र मूल्य पनि केही कम भएको व्यापारीहरू बताउँछन् ।
यो वर्ष करिब १४ हजार भेडा च्याङ्ग्रा पोखराको बजारमा आयात हुने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डे बताउँछन् । त्यस्तै गरि अहिले काठमाण्डौंको थापाथली, भृकुटी मण्डपको खशीबजार र कलङ्की आसपासको बजारमा पनि खशी बोका र च्याङ्ग्राको खरिद बिक्रि भइ रहेको छ ।