Logo

अब नयाँ जोस जाँगर भएका युवाले देशको नेतृत्व लिनुपर्छ ः सोबिता गौतम


मंसिर,७ – काठमाण्डौं । निर्वाचन क्षेत्र नं २ काठमाण्डौंमा चर्चित उम्मेदवारहरुलाई पछार्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले प्रतिनिधि सभा सदस्यमा बाजी मारेकी छन् । २७ वर्षको कलिलै उमेरमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम संसदमा प्रवेश गर्ने भएकी छन् । उनले आफ्नो प्रतिद्वन्दी एमालेका मणिराम फुयाँललाई पराजित गर्दै विजय हासिल गरेकी हुन् । नेकपा एमालेका उम्मेदवार मणिराम फुयाँलले ११ हजार ५५५ मत प्राप्त गरेर पछयाउदै गर्दा १५ हजार २२९ मत सहित गौतमले बिजय हाशिल गरेकी हुन् । बिजय भई सकेपछि पत्रकार सम्मेलन गर्दै उनले बिजय जुलुस पनि जनताकै घरदैलोमा गएर हरेक समस्याहरु बुझदै मनाउने बताएकी छन् । उनले आफू पनि पूर्वपत्रकार तथा अधिवक्ता समेत रहेको बताउदै देश परिवर्तनमा पत्रकारहरुको पनि ठूलो भूमिका रहेको बताएकी हुन् ।

नेपाल टेलिभिजनमा काम गर्दा गर्दै उनी राजनीतिमा प्रवेश गरेकी हुन् । २०५२ सालमा दोलखामा जन्मिएकी उनले कानुनमा स्नातक गरेकी छन् । उनले अब उप्रान्त देश र जनताको हितमा हर समय काम गर्ने बताएकी छन् । सञ्चारकर्मीहरुको माझमा बोल्दै उनले आफ्नो जित नभएर सारा नेपालीहरुको जित भएको भन्दै अब मुख्य जिम्मेवारी थपेको बताएकी छन् । अबको आफ्नो मुख्य प्राथामिकता निर्वाचन क्षेत्र न. २ का जनताको मुख्य माग मुद्दा र समस्याहरुको पहिचान गरि त्यसलाई समाधान गर्ने रहेको उनले बताएकी छन् । मुख्य समस्याको रुपमा निर्वाचन क्षेत्र नं २ मा खानेपानी रहेको उनले बताएकी छन् । त्यसको लागि हरेक सदनको बैठकमा कठोर भएर आवाज उठाउने उनले प्रतिबद्धता जनाएकी छन् । मेलम्चीको पानी २० सम्म पनि पुराना संसदहरुले खुवाउन नसकेको बताउदै अब आफूले त्यो सपना पाँच बर्ष भित्रमा पुरा गर्ने बताएकी छन् ।

खानेपानीको मुख्य समस्यालाई हल गरेपछि बल्ल अरु ढल निकास, सडक निर्माण, स्वास्थ्यमा सुधार, शैक्षिक बिकासमा लाग्ने उनले बताएकी छन् । सबै आफ्नो मतदातालाई धन्यबाद दिदै उनीहरुको सपना आकाक्षंलाई कहिल्यै पनि नमार्ने बताएकी छन् । आफ्नो पार्टीको नीति नियम, निर्देशनको पालना गर्दै आफ्नो मतदाताको साथ लिएर अगाडी बढ्ने प्रतिबद्धता जनाएकी छन् । साँखु न्याङलेबारी, पताप सम्मको हरेक जनताको घरदैलो गर्दे सबै समस्याहरु बुझने उनले बताएकी छन् । आफै जनताको घर दैलोमा गएर लामो दुरीलाई पनि छोटो बनाउने बताएकी छन् । आफ्नो कलिलो उमेरमा मतदाताहरुले विश्वास गरेर दिएको जिम्मेवारीलाई कहिल्यै पनि नभुल्ने उनले बताएकी छन् । अब ईमान्दार भएर आफ्नो काम गर्दै हरेक भ्रष्टचारको भण्डाफोर गर्ने उनले बताएकी छन् ।

राष्टिय स्वतन्त्र पार्टीको लहर अहिले सबै देशमा छाएको उनले बताएकी छन् । अब देशले पार्टी भन्दा पनि काम गर्ने शिक्षित युवा खोजेको उनले बताएकी छन् । जम्मा चार महिनाको अन्तरालमा जन्मेको राष्ट्रिय स्वतन्त्र पार्टीले छोटो समयमा नै जनताको बिश्वास जितेको उनले बताएकी छन् । पुराना पार्टी र बुढापाका नेतालाई साइट लगाउदै अब नयाँ जोस जाँगर भएका युवाले देशको नेतृत्व लिनुपर्ने उनले बताएकी छन् । आफ्नोे पार्टीको तर्फबाट उठेका उम्मेदवारहरु पनि सक्षम र योग्य उम्मेदवारहरु भएकाले सदनमा उनीहरुले पनि बिकासका बुलन्द आवाजहरु उठाउने उनले बताएकी छन् । आफ्नो जित सुनिश्त भएसँगै सोविता गौतमले जडीबुटी स्थित मस्जित पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरेकी थिइन् ।

उनका समर्थकहरुले खदा माला र अबिरले स्वागत गर्दै बधाई दिएका थिए । आफुनो बिजय जुलुसलाई पनि जनताकै घर दैलोमा गएर मनाउने बताएकी छन् । जनताको घर दैलोमा जान्छु अनि हरेक समस्याहरु बुझदै दुरी घटाउछु भन्नु भएको, त्यो बाचा पुरा गर्नु भएन भने सजाय भोक्न तयार हुनुहुन्छ ? भन्ने पत्रकारको प्रश्नमा उनले आफ्नो बाचा खेर जान नदिने बताएकी छन् । सोबिता गौतमलाई सुरुमा त खाशै कसैले पनि पत्याएकी थिएनन् । उनी उठेको क्षेत्रमा नेकपा एमाले र राप्रपाको रामै क्रेज भएको कारण पनि खासै उनलाई जित हाशिल गर्न सजिलो महसुश गरिएको थिएन ।

तर अन्त त त्यसको ठीक उल्टो उनको पक्षमा मतदाता उर्लिए । चर्चित पार्टी र पुराना अनुहारलाई बिस्थापित गर्दै १५ हजार २२९ मत सहित गौतमले बिजय हाशिल गरिन् । यी बिजय सँगै सबै भन्दा कान्छो पार्टी र संसद बनेकी भाग्यमानी कान्छी उम्मेदवार पनि उनी नै हुन् ।

 

प्रतिक्रिया दिनुहोस्