Logo

निर्वाचन नजिकिएसँगै घरदैलो अभियानमा जनताको आशिर्बाद थाप्दै स्वातन्त्र उम्मेदवार हेम बहादुर ढुंङ्गेल(आक्रोस)


कात्तिक,२५–काठमाण्डौं । सक्षम र देशभक्त युवा हेम बहादुर ढुंङ्गेल (आक्रोस) ले निर्वाचन क्षेत्र नं ७ काठमाण्डौंबाट प्रतिनिधिसभा सदस्यका लागि आफ्नो स्वतन्त्र उम्मेदवारी दिनु भएको छ । चुनाव नजिकिएसँगै अहिले उनी जनताको घरदैलो कार्यक्रममा व्यस्त हुने भएको छ । पुरानो अनुहार र राजनीतिक पार्टीका पुरानै नेताबाट आजित र वाक्क भएका जनताहरु अहिले उहाँले आगमनले खुशी भएको उहाँको भनाई रहेको छ ।

भ्रष्टचार र कुशासनको बिरोधी ढुंगानाले आफ्नो उम्मेदवारीले साच्चीकै जनता उत्साहित भएको बताउनु भएको छ । धेरै जनतालाई लोभ देखाएर आश्वासन मात्र देखाउनु भन्दा पनि थोरै बोलेर धेरै काम गरेर देखाउने योजना रहेको उहाँले बताउनु भएको छ । जनताको हरेक समस्याको सुक्ष्म अध्ययन गरी त्यसको समस्याको विकल्प सहितको शिक्षा, स्वास्थ्य र रोजगारीमा आमुल परिवर्तन गरि युवालाई विदेश पलायनबाट रोक्न आफुनो उम्मेदवारीको मूल एजेण्डामा रहेको उहाँको भनाई रहेको छ ।

पछिल्लो समय स्वतन्त्र युवा उम्मेदवारप्रति जनताको क्रेज बढ्दै गएको अवस्थामा छत्रे टोपी लिएर अहिले उहाँ जनताको घर दैलो अभियानमा जुती रहेका छन् । बुधबार तारकेश्वर नगरपालिकाको ३,४,५ वडाको घरदैलो कार्यक्रम अभियानको क्रममा जनताको राम्रो आकर्षण पाएको बताउनु भएको छ ।

निर्वाचन क्षेत्र काठमाडौं ७ को समग्र विकासको आफ्नो खाकाबारे बताउँदै ठूलाठूला विकास गर्नेभन्दा वर्तमान अवस्थामा देखिएका जल्दाबलदा समस्या,घर–घरमा स्वच्छ पिउने पानी, निःशुल्क स्वास्थ्य, शिक्षाको व्यावस्था गरि महिलाहरुलाई सीपमूलक कार्यमा सहभागीता गराउने आफ्नो मुल योजना रहेको उहाँले बताए ।

कृषिमा आधुनिकीकरण गर्ने,उत्पादनलाई बजारको पहुँचमा पुर्याउने,कृषकको उत्पादनमा बिमा तथा युवालाई स्वदेशमै रोजगारी जनताको आवाज निर्भीक भएर राख्ने प्रतिबद्धता समेत उहाले व्यक्त गर्नु भएको छ । मंसिर ४ मा हुने निर्वाचन शान्त र भयरहित हुने भएकोले निर्धक्क भएर चुनाव चिन्ह “छत्रे टोपी” मा भोट हाल्न पनि आग्रह गर्नु भएको छ । अहिले चार जना भागी उम्मेवारहरुले समेत उहाँलाई सहयोग गर्ने भएका छन् ।

आफ्नो चुनावी अभियानसँगै तारकेस्वर वडा न ३ डाडागाऊ निवासी किड्नी पिडीत राजन देबकोटा, राजन देबकोटा उपचार तथा मुड्खु भन्ज्याङमा रहेका प्राण घातक क्यानसरबाट पीडित फम्फा राजवंशीको छोरीको उपचारको बिषयमा पनि आफ्नो ध्यान केन्द्रित भइ रहेको बताउनु भएको छ । साथै वडा नम्बर ३ कै आचार्य गाँऊमा बादरको बिगबिगी भएको र त्यसको तत्काल समाधान गर्ने कुरामा पनि आफ्नो ध्यान केन्द्रित भई रहेको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्