Logo

घरेलु धादिङ कार्यलयद्वारा खाद्य पसहरुमा अनुगमन, म्याद गुज्रेका र सडेगलेका अयोग्य सामाग्रीहरु जफत गरी नष्ट


राज कुमार राई
११, असोज – काठमाण्डौ । घरेलु धादिङ कार्यलयले खाद्य अनुगमन सुरु गरेको छ । शुक्रबार धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका वडा नं.३ र ४ नं वडामा घरेलु कार्यलय धादिङले अनुगमन कार्य गरेको हो । सो क्रममा सञ्चालित खाद्यान्न÷किराना पसलहरुमा म्याद नागेका अखाद्य वस्तुहरु भेटिएको छ । अनुगमनको क्रममा ८ वटा किराना पसल १ वटा होटल गरी जम्मा ९ वटा फर्महरूको जिल्ला अनुगमन टोलीद्वारा अनुगमन गरिएको थियो ।

सो क्रममा करिब १० हजार २ सय रुपैयाँ बराबरको म्याद गुज्रेका÷सडेगलेका प्रयोग गर्न अयोग्य सामाग्रीहरु जफत गरी नष्ट गरिएको छ । धादिङ जिल्लाको मलेखु, धुनीबेसी, थाक्रे, लगायतका विभिन्न होटलहरुमा ग्राहकलाई ठगी गर्दै चर्को पैसा असुल्ने गरिदै आएको छ । लामो रुटका गाडी चढ्ने क्रममा धादिङ मलेखु लगायतका विभिन्न होटलहरुले बासी सडेगलेका खाना चर्को मूल्यमा दिने गर्छन् ।

सादा खानाको २७० देखि माथि लिन्छन् । मासुभातको खानाको ३५० देखि ४०० सम्म असुल्ने गरेको पाइन्छ । बिहान पकाएको खाना उप्र्mेपछि बेलुका पनि त्यही खाना दिने गर्छन् । फेरि त्यो खाना पनि बासी रहेमा बिहान पनि त्यो खाना नै ग्राहकलाई दिने गरेको एक ग्राहकले बताए । साथै खुद्रा सामानहरु बिस्कुट, चाउचाउ, दालमुढ, जुस र पानीमा समेत बाहिरी खोलमा लेखेको भन्दा १५ देखि २५ रुपैया सम्म बढी रकम असुलेर ठगी गरी रहेका छन् ।

यसतालाई पनि तत्काल अनुगमन गरि कार्वाहीको दायरामा ल्याउनु पर्ने उपभोक्ताहरुको भनाई रहेको छ । घरेलु धादिङ कार्यलयले अनुगमनका क्रममा कैफियत भेटिएका फर्महरुलाई नगद जरिवाना समेत तिराएको छ । अनुगमन समितिले उपभोक्ता सचेत बन्न र कुनै शंका लागेमा गुनासो गर्न समेत अनुरोध गरेको छ । जरिवाना सजाय भोकने चारवटा पसलहरु रहेका छन् ।

– जे.पि. श्रेष्ठ इन्टरप्राइजेज, नेत्रावती डबजोङ गा.पा. – ४, भर्याङभुरूङरू. १०,०००।– जरिवाना
– श्रेष्ठ स्टोर्स, नेत्रावती डबजोङ गा.पा. – ४, भर्याङभुरूङ, रू. ५,०००।– जरिवाना
– सामरी सप्लायर्स, नेत्रावती डबजोङ गा.पा. – ४, सेमजोङ, रू. ५,०००।– जरिवाना
– प्रेमिका किराना स्टोर्स, नेत्रावती डबजोङ गा.पा. – ३, सेमजोङ, रू. ५,०००।– जरिवाना

 

प्रतिक्रिया दिनुहोस्