Logo

Breaking News मनास्लु हिमपहिरोमा एकको मृत्यु, १५ जनाभन्दा धेरै घाइते


असोज, १० – गोरखा । मनास्लु हिमालको हिमपहिरोमा परी एकजनाको मृत्यू भएको छ भने १५ जनाभन्दा धेरै घाइते भएका छन् । बेही बेपत्ता भएको अनुमान गरिएको छ । सोमबार अपरान्ह १२ बजे एक्कासी झरेको हिमपहिरोमा परी सतुरी एक्स्पिडिशन प्रालिका आरोहण सहयोगी अनुप राईको मृत्यु भएको इमेजिन नेपाल एक्स्पिडिशन प्रालिका राजेन्द्र ठकुरीले जानकारी दिए ।

चौथो शिविरमा अक्सिजन लगायतका अत्यावश्यकीय सामान पु¥याउन गएका इमेजिन नेपालका पाँच जनासहित १५ जनाभन्दा बढी घाइते भएको उनले बताए । सो कम्पनीका दावा शेर्पा, फुरिता शेर्पा, निमा दोर्जे शेर्पा, लाक्पा तामाङ र जीतबहादुर शेर्पा रहेका छन् । उनीहरुमध्य जीतबहादुर र निर्मा दोर्जे गम्भीर घाइते भएका छन् । घाइतेको उद्धारका लागि सिम्रिक र कैलाश एयरका दुईवटा हेलिकोप्टर तयारी अबस्थामा रहेका छन्,

तर मौसम प्रतिकुलताका कारण उद्धार गर्न नसकिएको प्रहरी चौकी सामागाउँले जानकारी दिएको छ । किलर माउण्टेन भनेर चिनिने ८,१६३ मिटर अग्लो मनास्लु आरोहणका लागि यस सिजनमा पर्यटन विभागबाट चारसय भन्दा धेरै आरोहीले अनुमति लिएका छन् । केहीले सफल आरोहण गरिसकेका छन् भने अधिकांश आरोहीहरु आरोहण गर्ने क्रममा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्