Logo

निर्वाचन आयोग परिसर जलमग्न भएपछि समानुपातिकतर्फको बन्दसूची हरबिजोग


 

३, असोज – काठमाण्डौं । निर्वाचन आयोग परिसर पानी जमेर जलमग्न भएपछि समानुपातिकतर्फको बन्दसूची प्रभावित भएको छ । भारी वर्षाका कारण आयोग परिसर जलमग्न हुँदा प्रतिनिधिसभा र प्रदेशसभातर्फको बन्दसूची प्रभावित भएको हो ।

विभिन्न राजनैतिक दलहरुले समानुपातिक तर्फको बन्द सुची बुझाउने क्रम जारी छ । आयोग परिसरमा टेन्ट लगाएर बन्दसूचीका लागि रसिद काट्ने कार्य भइरहेको थियो । तर, सो क्षेत्र वर्षाका कारण अस्तव्यस्त हुँदा अर्को स्थानमा रसिद काट्ने व्यवस्था मिलाइएको छ ।

अहिलेसम्म ३० दलले आयोग समक्ष बन्दसूची बुझाएका छन् । नेकपा माओवादी केन्द्रले भने प्रचण्ड सोलुखुम्बुबाट फर्कन ढिलो गरेपछि कार्यदलले बनाएकै सूची बुझाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्