Logo

प्रचण्ड र जनार्दन शर्मा एकै साथ सोलुखुम्बुमा, सामुदायिक अस्पताल र पालिका भवन एकै साथ उद्घाटन


राज कुमार राई

३, असोज – काठमाण्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्मा सोलुखुम्बु पुगेका छन् । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपलिकामा निर्माण भएको सामुदायिक अस्पताल र पालिका भवन एकै साथ उद्घाटन गर्न उनीहरु दुवै जना त्यहा पुगेका हुन् । भवनको उद्घाटन गर्दै सोलुखुम्बुमा भएको विकास निर्माणका कामहरुको प्रचण्डले प्रशंसा गरेका छन् ।

सोमबार थुलुङ दुधकोशी सामुदायिक अस्पतालको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सिंहदरबारको अधिकार जनताको घरदैलोमा पुगेको बताउनु भएको छ । शिक्षा, स्वास्थ्य रोजगारीको नयाँ अभियानको चर्चा गर्दैगर्दा आफूले यस्तै विकासको कुरा गरेको भन्दै थुलुङ दुधकोशी गाउँपालिकाको प्रशंसा गरेका छन् । अध्यक्ष प्रचण्डले सोलुखुम्बु सगरमाथाको जिल्ला भनेर संसारमा चिनिएको पनि बताए ।

सगरमाथाको काखमा भएको तपाईको जिल्लामा सोलुखुम्बु बासीका निम्ती शिक्षा, स्वास्थ्य रोजगारी, बाटोघाटो, विद्युतीकरणले कस्तो मोडल अपनाउँछ त्यो पनि संसारभर देखिन्छ’, प्रचण्डले भन्नु भयो । साथै उनले सोलुमा भएको विकासको मोडल संसारले हेर्ने बताए । बाटोघाटो नजोडिएका सोलुखुम्बुमा ४८ वटा वडामात्रै ५ बर्षमा जोडिएको, अस्पताल, विद्युतीकरण र शिक्षामा समेत भएको विकास समाजवादतर्फको यात्रा भएको उनले बताए । संसारको सवैभन्दा अग्लो टाकुराबाट समाजवादको सन्देश दिनुभएको प्रचण्डले बताए ।

 

प्रतिक्रिया दिनुहोस्