Logo

आछाम पहिरोमा परि १७ जनाको मृत्यू ६ जना बेपत्ता


१, असोज – काठमाण्डौं । अछामका विभिन्न स्थानमा गएको पहिरोमा परेर १७ जनाको मृत्यू भएको छ भने ६ जना बेपत्ता भएका छन् । अविरल बर्षाका कारण गएको पहिरोमा परि अकालमा १७ जनाले ज्यान गुमाएको र ६ जना अझै सम्म पनि बेपत्ता भएको निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालले जानकारी दिए ।

उनका अनुसार घाइते ११ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमा उपचारका लागि सुर्खेत जिल्ला अस्पताल लगिएको छ । हालसम्म तुर्माखाँद गाउँपालिका–५ मा चार, कमल बजार नगरपालिका–६ मा सात र वडा नं ८ मा पाँच जनाको शव भेटिएको छ । प्रशासन कार्यालयका अनुसार उक्त वडामा तीनजना पहिरोमा परी बेपत्ता छन् ।

निमित्त प्रजिअ रिजालका अनुसार ढकारी गाउँपालिका–६ मा एकजनाको शव भेटिएको छ भने एक बेपत्ता छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले अछाममा पहिरोमा परी मृत्यु भएकाको शव व्यवस्थापनदेखि घाइतेको उद्धार र बेपत्ताको खोजीमा प्रहरी परिचालन गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्