Logo

असनको फुटपाथ पसल खाली गराउदै बालेन शाह


२१,भदौ – काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले असन क्षेत्रका फुटपाथको व्यापार पसल खाली गराउन थालेको छ । इन्द्रचोक क्षेत्रमा पछिल्लो समय अव्यवस्थित रुपमा सञ्चालन भई रहेका पसल तथा अन्य व्यवसायहरु महानगरले आजदेखि हटाउन सुरु गरेको हो ।

इन्द्रचोकदेखि असन क्षेत्रको फुटपाथ खाली गराउन थालिएको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । असन क्षेत्रमा हिँड्ने मान्छेका लागि फुटपाथमा राखेका भाँडाकुँडा, क्रिष्टलका सामग्रीहरु, खेलौना पसल, फेन्सीका सामान, माटाका सामग्रीहरु भोलि बिहानसम्म हटाउन निर्देशन दिएको पाण्डेले बताए ।

सडक पेटीसम्म राखेका केही सामग्रीहरु तत्काल नहटाए महानगरको गाडी ल्याएर उठाउने पनि पाण्डेले जानकारी दिए । असनका साँघुरा गल्लीका दुबैतिरको फुटपाथमै पसल थापेपछि यात्रुहरुलाई आउजाउ गर्न समस्या हुने गरेको छ । व्यापारीहरुले बाटो मिचेर व्यापार व्यावसाय गर्न थालेपछि कानुन बमोजिम काबार्ही गर्न थालेको महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्