Logo

सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराजका सपरिवारले नै सम्पत्ति शुद्धीकरण गरि ठगी गरेको पुष्टि


 

 

राज कुमार राई
१६, भदौ – काठमाडौं । सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङले आफ्नो सबै परिवारको नामबाट सहकारी संस्थाबाट ठगी गरेर सम्पत्ति शुद्धीकरण गरेको फेला परेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुसन्धानले तामाङ, उनकी श्रीमती सिर्जना शाक्य र छोरीहरु प्रतिक्षा र प्रतिसाले नै सम्पत्ति शुद्धीकरण गरेको प्रमाण फेला पारेको छ ।

तामाङले सहकारी ठगी गरेर ३ अर्ब ३१ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको विभाग स्रोतले जनाएको छ । तामाङकी श्रीमती सिर्जना शाक्यले १ अर्ब ३ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको विभागको अनुसन्धानमा फेला परेको हो त्यस्तै गरि छोरीहरु प्रतिक्षाले ६ करोड २२ लाख र प्रतिशाले १ करोड ८९ लाख रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको प्रमाण भेटिएको पनि विभाग स्रोतले जनाएको छ ।

सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठले २६ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको भेटिएको विभाग स्रोतले जानकारी दिएको छ । तामाङ र उनको परिवारले सिभिल सहकारी संस्थामा बचतकर्ताले राखेको रकम आफूखुसी चलाएर सम्पत्ति शुद्धीकरणको प्रयास गरेका हुन् ।

विभागले उनीहरु विरुद्ध अनुसन्धान गरी मुद्दा दर्ता गर्ने तयारी गरिरहेको छ । तामाङ परिवारविरुद्ध ४२७ पेजको ‘चार्जसिट’ तयार भएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्