Logo

प्रत्रकार श्रम ऐन लागु नगरेको भन्दै चर्चित तीन वटा टेलिभिजनमा नेपाल पत्रकार महासंघले धर्ना दिने


१५,भदौ – काठमाडौं । नेपाल पत्रकार महासंघले नाम चलेका तीन वटा राष्ट्रिय टेलिभिजनको कार्यलयमा धर्ना दिने भएको छ । प्रत्रकार श्रम ऐन लागु नगरेको र श्रमजीवी पत्रकार माथि भएको शोषणलाई पटक पटक समाधानका लागि सचेत गराउदा समेत कार्यन्वयन नगरेकोले सम्बन्धीत मिडिया हाउसको प्राङ्गणमा नै धर्ना दिने कार्यक्रम तयार गरेको जनाएको छ ।

महासंघले विभिन्न सञ्चार गृहमा देखिएको श्रम समस्या समाधानका लागि पटक–पटक गरेको आग्रहलाइ नजरअन्दाज गरिएपछि महासंघ संघर्षमा उत्रन बाध्य भएको सूचना मार्फत जानकारी गराएको छ । अहिले विभिन्न मिडियाहरुले समयमा तलव नदिने र नेपाल सरकारको नियम अनुसार न्यूनतम तलव नदिइ शोषण गरि रहेको उजुरीको आधारमा महासंघले यसतो कार्यक्रमको तयारी गरेको हो ।

जनता टेलिभिजन, नाइस टेलिभिजन, इमेज टेलिभिजन लगायतका सञ्चार गृहमा धर्नासहितको संघर्षका कार्यक्रममा सहभागिता जनाउनका लागि महासंघले आवहान गरेको छ ।
      

                             कार्यक्रम हुने स्थान र समय
जनता टेलिभिजन – भाद्र १६ गते बिहीबार दिउँसो १२ः०० बजेदेखि १ः०० बजेसम्म मीनभवनस्थित टेलिभिजन प्राङ्गण ।
नाइस टेलिभिजन – भाद्र १७ गते शुक्रबार दिउँसो १२ः०० बजेदेखि १ः०० बजेसम्म कालोपुलस्थित टेलिभिजन प्राङ्गण ।
इमेज टेलिभिजन – भाद्र १९ गते आइतबार दिउँसो १२ः०० बजेदेखि १ः०० बजेसम्म लाजिम्पाटस्थित टेलिभिजन प्राङ्गण ।

प्रतिक्रिया दिनुहोस्