Logo

सरकारी भवनदेखि विशाल बजार सम्म बालेनको अर्जुन दृष्टि, आधिकारिक नक्सा सहित २४ घण्टा भित्र वडामा आउन आदेश


भदौ,१३ – काठमाडौं । काठमाडौं महानगरपालिकाले धमाधम आफ्नो अधिकार प्रयोग गर्न थालेका छन् । अनधिकृत रुपमा निर्माण भएको सानो टहरा,घुम्ति पसल र पार्किङ स्थललाई भत्काउदै अहिले सरकारी भवनको आड्मा बनेका टहरादेखि न्यूरोडको विशाल बजारमा समेत बालेन शाहको अर्जुन दुष्टि पुगेको छ ।

उक्त विशाल बजारको भवन अनधिकृत रुपमा निर्माण आशंकामा २४ घण्टा भित्र वडामा उपस्थित हुन अल्टिमेटम दिइएको नगरपालिकाले जनाएको छ । सोमबार महानगरको टोलीले विशाल बजारको स्थलगत अनुमगन गर्दै बेसमेन्टमा रहेको पसलहरु अनधिकृत रहेको र भवनको नक्सा समेत नरहेको पाइएपछि तत्काल नक्सा लिएर वडा कार्यालयमा आउन निर्देशन दिएको हो ।

यदि त्यो भवन पनि अनधिकृत रुपमा निर्माण भएको अवस्थामा त्यसलाई पनि महानगरले डोजर चलाउने भएको छ । तर विशाल बजार कम्पनीले भने महानगरको टोलीलाई पसलहरु वैधानिक रहेको दावी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्