Logo

भिजिट भिसामा खाडी मुलुक जान लागेका १९७ जनालाई विमानस्थलमा रोक


 

राज कुमार राई
१२ – भदौ,काठमाडौं । भिजिट भिसामा खाडी मुलुक जान लागेका १९७ जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ । शंकास्पद कागजातको आधारमा उनीहरुलाई फर्काएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

१९७ जना नेपालीको कागजात नै शंकास्पद देखिए पछि रोकेको विमानस्थल सुरक्षा कार्यालयका डीआईजी श्यामलाल ज्ञवालीले जानकारी दिए । कार्यालयले गत बुधबार देखि अहिलेसम्म खाडी मुलुक जान खोज्ने नेपालीहरूलाई रोकेको कार्यालयले जानकारी दिएको छ ।

रोकिनेमा १०३ महिला र ९४ पुरुष गरी जम्मा १९७ जना यात्रुहरू छन् । महिलाहरुलाई माइती नेपालको संरक्षणमा राखिएको छ । उनीहरूको कागजात शंकास्पद देखिएकाले थप अनुसन्धानका लागि भन्दै प्रहरीले रोकेको हो । उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलमा बुझाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्