Logo

बाँदरले दियो सास्ती, दिनहुँ घरको एक जना रक्षक बस्न बाध्य


भोलानाथ पौड्याल, पर्वत,  फागुन -१३, २०७८

पर्वतको फलेवास नगरपालिकामा बाँदरको संख्या बढे संगै स्थानीयका खेतीबालीहरु नष्ट गरेर किसानलाई हैरानी बनाएको छ । फलेवास नगरपालिका वडा नंं. १ कार्कीनेटा, वडा नंं २ थापाठानाका केही टोलमा बाँदरले दिनहुँ जसो सास्ती दिने गरेको स्थानीयले बताए ।

घर वरपर तरकारी खेती छ, दिनहुँ तरकारी खेती एक जना सदस्यले कुर्न बाध्य छौँ, स्थानीय टेकनारायण शर्माले बताए । हामी किसानी गरेर खाने कृषक, हिउँदे बाली बाँदरका कारण लगाउन सकेनौँ अर्का एक स्थानीय कृषक सीता पौडेलले बताइन ।

घर वरपर रुखहरु र नजिकै जंगल रहेको कारण बाँदरको बासस्थान सहज भएको हुँदा बाँदरले नछाडेको स्थानीयको भनाई छ । बाँदर नियन्त्रण गर्न फलेवास नगरपालिकामा स्थानीयले आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्