Logo

वर्षाका कारण किसानलाई बाली भित्रायउन समस्या


भोलानाथ पौड्याल

कलाखबर १,कात्तिक –  पोखरा । देशको अधिकांश स्थानमा वर्षाका कारण भित्रायउने बेलाको धान र कोदो बालिमा क्षती पु¥याएको छ । देशका अधिकाशं स्थानमा धान पाकेको छ, उक्त धान बाली समालेर एक ठाउँमा पार्ने बेलामा हावा हुरी सहितको वर्षा भएका कारण किसानलाई सास्तीका साथै क्षती हुन पुगेको छ ।

सामान्य किसानले असारमा रोप्ने र कात्तिकमा भित्रायउने गरेर बर्षभरीलाई पुग्ने खाद्यान्नको जोहो गर्ने गर्छन, तर यसपाली भित्रायउने समयमा वर्षा भएका कारण किसानमा निराशाका साथ डर सिर्जना गरेको छ । बिशेष गरेर गण्डकी, बाग्मती लगायतका प्रदेशमा बाली भित्रायउने कार्य शुरु भैरहेको छ ।

किसानले काटेर सुकाएका धानको निहिन पानिमा डुबेको देखिन्छ भने कतै पाकेको धान बोटमै रहेको कारण वर्षाका कारण झरेको छ । यसले किसानका साथै कृषिमा नकारात्मक प्रभाब पारेको पाइन्छ । फुल्दै गरेको धान तथा कोदोमा समेत हावाहुरीले असर गरी दाना लाग्दा दाना राम्रो नहुने कृषि विज्ञ बताउँछन् ।

हाल बंगालको खाडीमा र मध्य भारतमा रहेको न्यूनचापीय प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभाब नेपालमा परेककोले देशको अधिकाशं स्थानमा बदली भएको छ । सुदुरपश्चिम, कर्डाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सुदुरपश्चिमको एक/दुई स्थानमा भारी वर्षा समेत भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्