Logo

साहित्य सर्जक गीतकार तथा युवा व्यासायी सन्जिव राई शिशिर को बाख्रापालन व्यावसायबाट बार्षिक २० लाख आम्दानी


 

कलाखबर,१९ भदौ – काठमाण्डौं । साहित्य सर्जक तथा युवा व्यासायी सन्जिव राई शिशिर ले बाख्रापालन व्यावासयबाट नेपालमा नै बार्षिक बीस लाख कमाउने गर्छन् । उहाले जम्मा चारवटा माउ बाख्राबाट व्यावसाय सुरु गरेका हुन् । यो व्यावसायमा मनग्य आम्दानी गर्न सकिन्छ भन्ने थाहा पाएपछि अहिले उहाले आधिकारिक रुपमा फर्म दर्ता गरि पूर्ण रुपमा व्यावसाय गर्दै आएका छन् ।

२०७१ सालमा दीप ज्योति बाख्रापालन प्रा.लि. नामको फर्म आधिकारिक रुपमा दर्ता गरि उहाले हाल ४०० वटा बाख्रा पालन गर्दै आएका छन् । लाखौ युवा बेरोजगार भएर बिदेशिएका बेला राई शिशिरले भने आफ्नै व्यावसाय सुरु गरि मनग्य आम्दानी गर्न थालेका छन् । सुरुमा ३०र ४० हजार लागतबाट थोरै संख्यामा यो व्यावसाय सुरु गरेका राई अहिले ४०० को संख्यामा बाख्रा पाल्न सफल भएका छन् ।

खोटाङ जिल्लामा जन्मेर उदयपुर जिल्लालाई आफ्नो कर्मथलो बनाएका राईले अहिले उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं ५ मा ४३ रोपनी क्षेत्रफलमा व्यावसायीक फर्म सञ्चालन गर्दै आएको छ । केही मिहेनत गर्न सक्यो भने बिदेशिनु नपर्ने र नेपालमा नै केही गर्न सकिन्छ भन्ने यी युवा बताउनु हुन्छ । तर नेपाल सरकारले कृषिको नाममा अत्याधिक रुपमा बजेट छुट्याएपनि वास्तविक किसानले सो बजेट नपाएकोमा भने उनी गुनासो गर्छन् ।

पहुचवाला र राजनीतिक चाकरी गर्नेले नै सो बजेट पनि कुम्ल्याएको युवा व्यावसायी राईको भनाई छ । किसानको नाममा गैरकिसानले बजेट खाई रहेकोमा सरकारले ध्यान दिनुपर्ने राईको भनाई छ । युवा व्यावसायी राई एक सफल साहित्य सर्जक पनि हुन् । उहाले थुप्रै गीत गजल लगायतका साहित्य सृजना समेत गरेका छन् । लामो समयदेखि साहित्य सृजनामा लागेका राईले अहिले पनि निरञ्तर रुपमा साहित्य सृजना तथा गीत गजलमा कलम चलाउदै आएका छन् ।

अहिले पनि उनी भर्खरै मात्र नयाँ ीत रेकर्डिङको क्रममा काठमाण्डौं उपत्यका छिरेका हुन् । राई शिशिरको आफ्नै शब्द रचना र टप्पशेर राईको संगीतमा लोकप्रीय गायीका सुनिता थेगिम र गीतकार राई आफैको स्वरमा अहिले नयाँ गीत धरान बगरको रेर्कड सम्पन्न भएको छ । यो गीत चाडगै नै बजारमा आउने पनि गीतकार राईले बताए ।

प्रतिक्रिया दिनुहोस्