Logo

आयोजना प्रभावित सोलुखुम्बु जिल्लाबासीका लागि ३५ लाख कित्ता साधारण सेयर निष्काशन


साउन,२९ असार – काठमाण्डौं । सोलुखुम्बु जिल्लाको स्थानीय बासिन्दाहरुका लागि ३५ लाख कित्ता साधारण सेयर निष्काशन खुल्ला भएको छ । साहस ऊर्जाले प्राथामिक शेयर आईपिओ साउन २९ गतेबाट निष्काशन बिक्रि खुल्ला गरेको हो । आजबाट खुल्ला भएको आईपिओ बिक्रि आगामी भदौ ११ गते सम्म जारी रहने कम्पनीले जनाएको छ । सो अवधिसम्म माग बमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २७ गतेसम्म सेयर निष्काशन तथा बिक्री खुला हुने छ ।

पहिलो चरणमा आयोजना प्रभावित जिल्ला सोलुखुम्बुका स्थानीयहरुका लागि कम्पनीले शेयर निष्काशन गरेको हो । कम्पनीले प्रतिसेयर १०० मूल्यका दरले ३५ लाख कित्ता अर्थात् रु ३५ करोड बराबरको सेयर जारी गरेको हो । योसँगै इच्छुक स्थानीय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम १० लाख ५० हजार कित्ता सेयर खरिद गर्न सक्नेछन् ।

आइपिओमा ग्लोबल आइएमई बैंक र माछापुच्छ्रे बैंकको सल्लेरी शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको लुक्ला शाखा, लक्ष्मी बैंकको मुग्ली र नेले शाखा र प्राइम बैंकको रमिते शाखामार्फत आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ ।

तर केही समस्या देखाउदै स्थानीय रुपमा रहेको एभे्रष्ट बैंकले बिक्रि प्रबन्धकसँग अनुमति सम्झौता नलिएको कारण कोशी पारीका गाउँपालिकाहरु महाकुलुङ र सोताङका बासिन्दा भने शेयर भर्नबाट बञ्चित बनेका छन् । महाकुलुङमा रहेका स्थानीय एभे्रष्ट बैंकले समयमा संवय नगर्दा स्थानीय जनता सेवाबाट बञ्चित बेनेका हुन् ।

यस बिषयमा गाउँपालिका अध्यक्ष सागर किराँतीले यथा सिघ्र पहल गरिदिन हुन लाजिम्पात स्थित एभे्रष्ट बैंकको केन्द्रिय कार्यलयमै गरेर बिहिबार अपिल गरेका छन् । यस बिषयमा बसेर व्यावस्थापन पक्षसँग छलफल गरिने बैंकले जवाफ दिएको छ ।

प्रतिक्रिया दिनुहोस्