Logo

साताव्यापी गिरावटपछि मंगलबार अप्रत्यासित रुपमा सेयर बजार उकालो


कलाखबर,८असार–काठमाण्डौं । साताव्यापी गिरावटपछि आज मंगलबार अप्रत्यासित रुपमा सेयर बजार उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक अधिकतम ७८।८९ अंकले बढेर २९१३।२९ मा पुगेको छ ।

जबकी गत सोमबार मात्र नेप्से परिसूचक अधिकतम ७१।०६ अंकले घटेर २८३४।४० विन्दुमा झरेको थियो । नेप्सेका अनुसार आज ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १६।०१ अंकले बढेर ५३६।१५ विन्दुमा पुगेको छ ।

आज सेयर बजार खुले देखिनै सकारात्मक संकेत देखिएकोमा सबै जसो समूहहरु धनात्मक ९पोजेटिभ० देखिएका छन् । यता, दुई दर्जन भन्दा कम्पनीहरुको सेयर मूल्य ९ प्रतिशत माथिले वृद्धि भएका छन् ।

यस दिन २२५ कम्पनीका १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता सेयर १ लाख १२ हजार ५० पटक किनबेच हुँदा कुल १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९५७ रुपैयाँको कारोबार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्