Logo

वैकल्पिक विधिबाट एसईई परिक्षा सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डद्वारा शिक्षा मन्त्रालयलाई अनुमति पत्र जारी


१६ जेठ, कलाखबर– काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्नको लागि शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ । कोरोना महामारीका कारण स्थगित भएको परीक्षा अनलाइन प्रविधिबाट सञ्चालन गर्नका लागि अनुमति मागेको बोर्डका अध्यक्ष प्रा।डा।चन्द्रमणि पौडेलले बताए ।

एसईई परीक्षा सञ्चालन सम्बन्धी सुझाव दिने समितिको प्रतिवेदनको आधारमा सरकारसँग अनुमति माग गरेको उनको भनाइ छ । अध्यक्ष पौडेलले भने ‘समितिले बुझाएको प्रतिवेदनको आधारमा निर्णय गरी माग गरिएको हो । सकेसम्म अनुमति पाउने अपेक्षा छ ।

संक्रमण दर बढ्दै गएपछि राष्ट्रिय परीक्षा बोर्डले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको संयोजकत्वमा एसईई र कक्षा १२ को परीक्षा सञ्चालन सम्बन्धी सुझाव दिने समिति गठन गरेको थियो । समितिले कक्षा १२ को परीक्षा विधिबारे पनि प्रतिवेदन बुझाएको छ ।

बोर्डले भने अहिले एसईईको लागि मात्रै अनुमति माग गरिएको जनाएको छ । अध्यक्ष पौडेलले भने ‘अहिले हामी एसईईको लागि मात्रै अनुमति माग गरेका छौं । कक्षा १२ को लागि भने केही समय पर्खने र आवश्यकता परेको खन्डमा अनुमति माग्छौं ।

जेठ १३ गतेबाट सञ्चालन हुने एसईईका लागि प्रश्नपत्र छपाइको काम यसअघि नै सकिएको थियो । एसईई ५ लाख १७ हजार विद्यार्थी र कक्षा १२ मा करिब ४ लाख विद्यार्थी परीक्षा दिने तयारीमा रहेको बोर्डले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्