Logo

सोलुखुम्बुका प्रत्येक स्थानीय तहले कति बजेट पाए सबै ( विवरण सहित )


१६ जेठ, कलाखबर– काठमाडौं । आगामी आर्थिक बर्ष २०७८–७९ को लागि सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएको छ । त्यसमध्ये वित्तीय सामान्यीकरण, समपूरक, सशर्त र विशेष अनुदान शीर्षकमा सोलुखुम्बुका स्थानीय तहले २ अर्ब २८ करोड २३ लाख बजेट प्राप्त गर्ने भएका छन् ।

जिल्लाको एक मात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिकाले ४४ करोड ९० लाख बजेट प्राप्त गर्नेछ । ७ गाउँपालिका मध्ये थुलुङ दुधकोशी गाउँपालिकाले सबैभन्दा बढि ३६ करोड ८९ लाख बजेट प्राप्त गर्ने छ भने सबैभन्दा कम बजेट लिखुपिके गाउँपालिकाले १७ करोड ७१ लख प्राप्त गर्नेछ ।

नेचासल्यान गाउँपालिकाले ३५ करोड बजेट प्राप्त गर्दा माप्य दुधकोशी गाउँपालिकाले २७ करोड ९० लाख, सोताङ गाउँपालिकाले २३ करोड ८२ लाख, महाकुलुङ गाउँपालिकाले २१ करोड ४८ लाख र खुम्बु पासाङल्हामू गाउँपालिकाले २० करोड ५३ लाख बजेट प्राप्त गर्नेछन् ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको नयाँ बजेटमा ७ प्रदेशमा १ खर्ब ३ अर्ब ७० करोड र ७५३ स्थानीय तहमा २ खर्ब ८३ अर्ब १ करोड हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्