Logo

यो हप्तायताकै आज संक्रमित संख्या र मृत्युदरमा कमी,कति जनाले कोरोना जिते (विवरण सहित)


१६ जेठ, कलाखबर– काठमाडौं । यो हप्ता यताकै आज सबैभन्दा कम कोरोना संक्रमित देखिएको छ । केही दिनदेखि यता मृत्यूदर पनि कम हुँदै आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका रिपोर्ट अनुसार पछिल्लो २४ घण्टा ४,३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका छन् ।

पछिल्लो २४ घण्टामा थप ४३६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १० हजार ९८६ गर्दा ३७०२ तथा तथा एन्टिजेन विधिबाट १७८४ जनाको परीक्षण गर्दा ६६७ जनामा कोरोना पुष्टि भएको हो । यही अवधिमा ६२०५ जना निको भएका छन् । कोभिड–१९ बाट थप १०९ जनाले ज्यान गुमाएका छन् ।

परीक्षणको संख्यामा कमी गरेसँगै पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्यामा कमी देखिएको हो । नेपालमा अझै पनि संक्रमणको दर उच्च रहेको छ । आज पनि परीक्षण गरेकोमा संक्रमणको दर ३४ प्रतिशतभन्दा माथि देखिएको छ । यसअघि दैनिक २० हजारमाथि परीक्षण हुँदै आएकोमा आइतबार यो संख्या १२ हजार ७७० मात्र रहेको छ ।

शनिबार पनि १४ हजार ७५२ जनामा कोरोना परीक्षण भएको थियो जसमा थप ४४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । शनिबार थप ६०८० जना निको भएका थिए भने ११६ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्