Logo

यो बर्षको गणतन्त्र दिवस सैनिक हेडक्वाटरमा मनाइदै


१५,जेष्ठ,कलाखबर–काठमाण्डौं । आज देशभर गणतन्त्र दिवस मनाइदैछ । यो बर्षको गणतन्त्र दिवसको मूल समारोह सैनिक मुख्यालय भित्र आयोजना गरिएको छ । विगतमा टुँडिखेलको खुल्ला चौरमा हुने गरेको गणतन्त्र दिवस मूल समारोह यस वर्ष सैनिक मुख्यालयमा खुम्चिएको हो ।

गणतन्त्र दिवसको मूल समारोह समितिको अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली आफैं छन् । कार्यक्रमको चाँजोपाँजो भने गृहमन्त्रालयले मिलाउँछ ।

गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालले शनिबार बिहान सैनिक मुख्यालयमा गणतन्त्र दिवसको मूल समारोह आयोजना गरिएको बताए ।

हाल मुलुकमा फैलिएको कोरोनाका कारण गत बर्षझै तडकबडक भने नहुने भएको छ । जंगीअड्डामा आयोजित कार्यक्रममा सीमित संख्यामा विशिष्ट अतिथिहरुलाई बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्