Logo

नेपाल मुवाँथाई च्याम्पियन खेल सम्पन्न,बिजेतालाई बेल्ट प्रदान


१४,चैत्र–काठमाण्डौं । शनिबार गोकर्णेश्वर नगरपालिकामा दोस्रो नेपाल मुवाँथाई च्याम्पियन २०२१ खेल सम्पन्न भएको छ । आठ लाख लागतमा गोकर्णेश्वर नगरकमिटीले सो खेलको आयोजना गरेको हो । गोकर्णेश्वर नगरपालिका मन्दिर परिसरमा सम्पन्न खेलमा १८ जना पुरुष र २ जना महिलाले सहभागीता जनाएका छन् । नेपाल मुवाँथाई च्याम्पियन खेल सम्पन्न,बिजेतालाई बेल्ट प्रदान गरिएको छ ।

गोकर्णेश्वर नगरपालिका प्रमुख तथा प्रमुख अतिथि सन्तोष चालिसेले पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको उदघाटन गरेका थिए । खेलमा देशभरका खेलाडीहरुले सहभागीता जनाएका थिए । ५१ केजी मेडल फाइटमा तेजन मगर, तेन्जी¨ शेर्पा , प्रविन राई र नवराज पराजुलीले सफलता हात पारेका छन् भने ५१ केजीको वेल्ट खेलमा अन्नन राई र लोप्साङ तामाङले बिजय हात पारेका छन् ।

त्यस्तै गरी ५४के.जी ६० के.जी. ६३ के.जी. ६७ के.जी. ७२ के.जी मा क्रमस हेवी राई , सन्दीप तामाङ , दावा फुन्जो शेर्पा , अबरम राई, डिन विजय विक्रम राना, सन्तोष खत्री, कोशिस श्रेष्ठले वेल्ट जितेका छन् । महिला तर्फको ५१ के जीको खेलमा जीमा देनिका राईले बिजयी हाशिल गरेकी हुन् ।

उक्त खेलका विजेता खेलाडीहरुलाई प्रमखु अतिथि सन्तोष चालिसे लगायतका अन्य अतिथिहरुले वेल्ट तथा मेडल प्रदान गरेका छन् । खेल राष्ट्रको मुख्य गहना भएको र आजको प्रतियोगीताले झन खेलाडीहरुमा मनोबल र उत्साह छाएको खेलका आयोजक तथा अध्यक्ष सानु श्रेष्ठले बताउनु भयो ।

    तस्बिर ः प्रदीप श्रेष्ठ

 

प्रतिक्रिया दिनुहोस्