Logo

मन बहादुर कुलुङद्वारा निर्देशित चलचित्र आजबाट काठमाण्डौं उपत्यकामा प्रर्दशन हुदै


१४,चैत्र–काठमाण्डौं । मन बहादुर कुलुङद्वारा निर्देशित चलचित्र सोङ्गेर लालिमा आजबाट काठमाण्डौं उपत्यकामा प्रर्दशन सुरु हुुने भएको छ । पूर्वीय नेपाल सोलुखुम्बु,संखवासभा,झापा ईलाम,धरान सुनसरी पछि शनिबारबाट यही काठमाण्डौं उपत्यकामा पनि प्रर्दशन सुरु गरिएको हो । गायक तथा निर्देश मन बहादुर कुलुङको कथा एवम् निर्देशन रहेको चलचित्र सोङ्गेर लालिमा छोटो भएपनि अत्ति नै दर्शकहरुले रुचाएका छन् ।

पूर्वीय नेपालको शोबाट दर्शकको राम्रो प्रतिक्रिया पछि आज काठमाण्डौं उपत्यका अत्तरखेल नाइन स्टार म.म. सेन्टरमा प्रर्दशन गर्न लागिएको निर्देशक मन बहादुर कुलुङले कलाखबरलाई जानकारी दिए । यो चलचित्रलाई तिल जंग कुलुङले निर्माण गरेका ह्न् । यस चलचित्रमा बिहेपछि नेपाली नारीले भोक्नु परेका मार्मिक पीडालाई उत्थान गर्न खोजिएको छ ।

पुरुष र महिला बीचको अन्र्तर भिन्नता यस लघु चलचित्रले मुख्य रुपमा प्रस्तुत गर्न खोजिएको छ । साथै जनचेतना मुलक दश बर्षमा आउने जनगणना समेत समेटिएको छ । यस चलचित्रमा दुईवटा भाषिक गीत समावेश गरिएको छ ।

यो चलचित्रमा मुख्य कलाकारको भूमिकामा रमा कुलुङ र सृजन कुलुङ रहेका छन् भने अन्य कलाकारहरुमा लक्ष्मण चौलागाई,रोशनी साप्कोटा,बुद्ध श्रेष्ठ, रमा कुलुङ, जलक माया कुलुङ, मनिषा कुलुङ,सुन्दरज्योती कुलुङ,सुमिता कुलुङ,करिश्मा कुलुङ,समिना कुलुङ,बबि कर्मा नाच्छिरिङ,खम्बुहाङ कुलुङ,समीप कुलुङ, रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्