Logo

कोरोना महामारीबाट आज एकै दिन चार जनाको ज्यान गयो,१ सय ५६ जनामा कोरोना पुष्टि


१३,चैत्र–काठमाण्डौं । नेपालमा आज एकै दिन कोरोना संक्रमणबाट चार जनाको ज्यान गएको छ । बिहिबारको तुलनामा आज संक्रमित संख्या पनि बढेको छ । शुक्रबार १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज ज्यान गुमाउने कोरोना संक्रमित सहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार २४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ६ सय ६५ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ७० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्