Logo

गोकर्णेश्वर  मुवाँथाई कमिटिद्वारा राष्ट्रिय स्तरमा खेलप्रतियोगिता गराउदै


१२,चैत्र–काठमाण्डौं ।गोकर्णेश्वर मुवाँथाई कमिटिद्वारा राष्ट्रिय स्तरमा मुवाँथाई खेलप्रतियोगिता गराउने भएको छ । बिहिबार पत्रकार सम्मेलन गर्दै आगामी शनिबारका दिन राष्ट्रिय स्तरमा खेलप्रतियोगिता गराउने संस्थाले तयारी गरेको मुवाँथाई कमिटिका अध्यक्ष सानु श्रेष्ठले जानकारी दिए ।

पुरानो छुट्टै ईतिहास बोकेको यो खेल ८ वाट विधा गरी खेल्ने एक खेल फुल कन्ट्याक खेल भएको पनि उहाँले बताए । खेल एम्वीयुचर,सेमी प्रो र प्रोफेशनल गरि तीन चरणमा खेलाउने प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

खेल हरेक राउण्ड तीन मिनेटको हुने र त्यस बीच खेलको दौडान १ मिनेटको विश्राम समय हुने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ । यो खेल खेल्दा हात खुट्टा इल्वोउस,फिष्ट,नी र सिन्सको प्रयोग गरिन्छ ।

आगामी १४ गते हुन गइरहेको सो खेलमा २ जना महिला र १८ जना पुरुषले सहभागीता जनाउने भएको छ । यो खेल खेल्नुको मुख्य उद्देश्य आक्रमण योजनाबाट बच्नु हो । आठ लाख लागतमा यो खेल सम्पन्न हुने पनि आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्