Logo

सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परिक्षामा २ हजार २ सय २७ जना परिक्षार्थी उत्तिर्ण


७,फागुणा–काठमाण्डौं । सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परिक्षामा २ हजार २ सय २७ जना परिक्षार्थी उत्तिर्ण भएका छन् । सशस्त्र प्रहरीले १८ सय ३३ पदमा विज्ञापन गरेको थियो । लोक सेवा आयोगद्वारा यही पुस १८ मा लिइएको लिखित परीक्षाको नतिजा शुक्रवार प्रकाशित भएको हो ।

हालै प्रकाशित विज्ञापन अनुसार खुल्ला प्रतियोगिताद्वारा पदपुर्ती गरिने साधारण समुह साधारण उपसमुहतर्फ सशस्त्र प्रहरी जवान पदको लिखित परिक्षामा नेपालभरबाट १९ हजार ५ सय ३४ जना परिक्षार्थीहरु सहभागि रहेका थिए ।

सबै प्रदेशका परिक्षा केन्द्रमा संचालन भएको सो परिक्षाको नतिजा शुक्रबार साँझ प्रकाशित गरिएको हो । सशस्त्र प्रहरी बल, नेपालमा भर्ना तथा छनोट प्रकृया निश्पक्ष र पारदर्शी रुपमा संचालन भएको सूचना शाखाका डिएसपी सुरेश गैरेद्वारा जारी प्रेस नोटमा उल्लेख छ । लिखित परीक्षामा पास भएकाहरूले सम्बन्धित निकायमा सम्पर्क गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्