Logo

केहीबेरमा नेकपा एमालेको संसदीय दल र केन्द्रीय कमिटी बैठक बस्दै,माधव पक्ष उपस्थित नहुने संकेत


७,फागुणा–काठमाण्डौं । नेकपा एमालेको संसदीय दल र केन्द्रीय कमिटीको बैठक आज शनिबार बस्दैछ। प्रमुख सचेतकमा विशाल भट्टराईका अनुसार केन्द्रीय समितिको बैठक अगाडि बिहान १०.३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसदीय दलको बैठक बस्नेछ। तर, एमालेको माधव नेपाल पक्षले शनिबारको केन्द्रीय कमिटी र संसदीय दलका दुवै बैठक ब’हिस्कार गर्ने तयारी गरेको छ ।

शुक्रबार बानेश्वरमा बसेको माधव नेपाल पक्षीय स्थायी कमिटीको बैठकले दुवै बैठकमा सहभागी नहुने निर्णय गरेको थियो ।संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद भवन, बानेश्वरमा बस्दै आएकोमा यस पटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गरिएको नेपाल समूहको निष्कर्ष छ।

निर्णयमा भनिएको छ,‘केन्द्रीय कमिटी बैठकका नाममा आफ्ना गुटका मानिसलाई मात्र खबर गरी फागुन २८ गते अवैध ढंगले भेला गरी विधान उ’ल्लंघन गरिएकाले उक्त कथित बैठक खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने भएकाले शनिबारका लागि प्रचारित बैठकमा सहभागी नहुने। दलको कार्यालय वा संसद भवनमा बैठक राखेर उपयुक्त एजेण्डा र प्रक्रिया अ’वलम्बन गरे विचार गर्ने माधव पक्षका एक नेताले बताए।

अध्यक्ष केपी शर्मा ओलीले शनिबारको बैठकमा सहभागी हुन सार्वजनिक रूपमा समेत आह्वान गरेका छन् ।तर, नेपाल पक्षले भनेको छ( केन्द्रीय कमिटी बैठकका नाममा आफ्ना गु’टका मानिसलाई मात्र खबर गरी फागुन २८ गते अ’वैध ढंगले भेला गरी विधान उल्लंघन गरिएकाले

उक्त कथित बैठक खा’रेज नभएसम्म केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने भएकाले आजका लागि प्रचारित बैठकमा सहभागी नहुने । संस्थापन पक्षले भने पार्टीका आधिकारिक बैठकमा भाग नलिने सांसदहरूमाथि कारवाही गरिने चेतावनी दिइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्