Logo

नागरिक लगानी कोषले आजबाट साँढे ४ लाख कित्ता सेयर बिक्रि गर्दै, प्रति कित्ता कति ?


४,चैत्र–काठमाण्डौं । नेपाल बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानीकोषको ४ लाख ६८ हजार ८२८ कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला भएको छ । उक्त शेयरमा चैत १७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

प्रतिकित्ता १ हजार ५०२ रुपैयाँ ५० पैसा तोकिएको छ । उक्त शेयर खरीद गर्न चाहनेले तोकिएको मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने छ ।

यो शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र चैत १८ गते अपरान्ह ३ बजे विक्री प्रबन्धको कार्यालय लाजिम्पाट, काठमाडौंमा खोलिने जानकारी बैंकले दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्